123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:51 PM
0
 
३० बैशाख
फिल्मी अपडेट ,दाङ

दाङमा चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी
            नेपाल चलचित्र निर्देशक समाजका नवनिर्वाचित अध्यक्ष दिनेश डीसीलाई दाङमा सोमवार सम्मान गरिएको छ । उत्सर्ग फिल्मस् प्रा.लि. दाङले अध्यक्ष डीसीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । प्रा.लि.का प्रवन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडितको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले नेपालका हरेक क्षेत्रमा झैं चलचित्र क्षेत्रलाई पनि राजनीतिले गाँजेको बताए । उनले गास, बास, कपासभन्दा माथि उठ्न सकेमात्र विकास, निर्माण, सिर्जना र कल्पना हुनसक्ने बताउँदै त्यसका लागि राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम हुनुपर्ने औंल्याएका थिए ।


     कार्यक्रममा प्रमुख अतिथि राप्ती साहित्य परिषद् दाङका अध्यक्ष पुरुषोत्तम खनाल, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुशील गौतम, महासंघका पूर्व केन्द्रीय उपसभापति विपुल पोख्रेल, महासंघकै सल्लाहकारद्वय सुदीप गौतम र सुदर्शन रिजाल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसी, शाखा सचिव सविन प्रियाशन, हरप्लेस दाङका संयोजक विनोद केसी, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य गणेश ओली, नेपाल आदिवासी जनजाति पत्रकार संघ दाङकी अध्यक्ष देविका जीएमलगायत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार डिल्ली मल्लले गरेका थिए ।
Courtesy: इमेला समाचारदाता

0 comments: