२०७०-०२-१3
फिल्मी अपडेट ,काठ्माण्डौ
फिल्मी अपडेट ,काठ्माण्डौ
राजधानीको अनामनगरमा आयोजित एक कार्यक्रममा चलचित्र "किन लाग्छ माया" को युनिटले मेघा कलेजका कार्यकारी निर्देशक गोपाल खनाललाई रु ४०,००० को चेक हस्तान्तरण गरिएको थियो।
पपुलर मल्टीमिडियाको ब्यानरमा निर्माता शक्ति बल्लब घोरासैनीले निर्माण गर्ने चलचित्र ‘लम्फू’मा
‘किन लाग्छ माया’ का निर्देशक गोपाल चन्द्र लामिछाने पुन जोडिने भएका छन् ।
सोमबार नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डि.सीले ‘लम्फू’ को पहिलो अनुहार सार्बजनिक गरेका थिए । शाउनको अन्तिम बाट फ्लोरमा जाने यस चलचित्रलाई नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका उपाध्यक्ष प्रदीप निर्रौला लगायतले चलचित्रलाई सुभकामना दिएका थिए ।
सत्य कथालाई प्रस्तुत गरेर चलचित्र निर्माण गर्ने बताउदै निर्देशक लामिछानेले भने ‘अभावले गर्दा मान्छेको स्वभावमा बिग्रन्छ अनि भाग्य कसैको पनि हातमा हुदैन् ।" यस बिषयलाई हाम्रो चलचित्रले प्रमुख रुपमा उठाउँछ । साथै चलचित्रका निर्माता शक्ति बल्लब घोरासैनीले चलचित्रले पाएको सफलताको ५% रकम लेखक र ५% रकम निर्देशकलाई दिने निर्णय पनि गरेको छ ।
भूपतीको कथा, पटकथा एवम् संवाद, दीपक वज्राचार्यको छायाँकन र अर्जुन पोखरेलको संगीत चलचित्र ‘लम्फू’मा रहने छ ।




0 comments:
Post a Comment