बल्ल भयो "चलचित्र नीति निर्माणका लागि समिती"
चलचित्र निर्देशक यादव खरेलको संयोजकत्वमा नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति बनाउन समिती गठन गरिएको छ ।

केही समय अघि नेपाली चलचित्रको आफ्नै राष्ट्रिय चलचित्र नीति नभएको गुनासो गर्दै चलचित्रकर्मीहरुले आन्दोलन गरेका थिए र सोहि आनोदोलनको मर्म अनुशार समिति गठन गरिएको छ ।
संचारमन्त्री माधव पौडेलको निर्देशन बमोजिम राष्ट्रिय चलचित्र नीतिको मस्यौदा निर्माण, कार्यन्वयन को लागि समिती गठन गरिएको हो । उक्त समितीमा चलचित्र बिकास बोर्डका अध्यक्ष, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र संघ, नेपाल चलचित्र पत्रकार संघ र नेपाल चलचित्र कलाकार संघका एक एक जना प्रतिनिधी रहेका छन् ।
संचार मन्त्रालयका श्रव्यदृश्य तथा प्रशारण शाखा प्रमुख समितीको सदस्य सचिवमा रहने व्यवस्था गरिएको छ । २ महिनाभित्र समितीले राष्ट्रिय चलचित्र नीतिको मस्यौदा कार्यन्वयनमा अपनाउनुपर्ने प्रक्रिया र मापदण्ड तर्जुमा गरि सिफारिश गर्ने बताइएको छ ।
0 comments:
Post a Comment