२०६९-०४-०४
प्रणप सुबेदी
चलचित्र मा जस्को मुख्य भूमिका हुन्छ ,उसको मात्र नाम र ठुला पोस्टरहरु भित्तामा ट़ाशिने गरिन्छ .
कुरा
भोली बाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र "ज्यान हाजिर छ" मा महानायक राजेश हमालको नाम पनि देख्न पाएकाछैनउ, पोस्टेरमा फोटो को त कुरा कता हो कता ?
देशले र नेपाली दर्शकहरुले गर्ब गर्ने नाम महानायक राजेश हमाल
पहिला यिनै महानायक को टाउको मात्र राखेपनी आफ्नो चलचित्र हिट हुने भन्दै निर्माता ,निर्देशक हरु पोस्टेर डिजाइन गर्दथे तर अहिले कुरा बेग्लाई भएको छ ।
चलचित्र ‘ज्यान हाजिर छ’ को कुरा गरौ चलचित्रले आफ्नो प्रदर्शन मिती भोली लाई तोकेको छ भोली यो चलचित्र सर्बजानिक प्रदर्शन मा आउनेछ भने चलचित्र मा महानायकको पनि भूमिका रहेको छ ,मतलब महानयाक हमालाले पनि यस चलचिचित्रमा अभिनए गरेकाछन ।
तर बास्तबिकता केहो भने चलचित्रमा त महानयाक हमाल छन तर पोस्टेर अनि पोस्टेर मा उल्ल्खित नामहरुमा महानयाक लाई देख्न सकिन्न ।
चलचित्र ‘ज्यान हाजिर छ’ मा नामै नसुनेका नयाँ अनुहारको नाम प्रमुख कलाकारमा छन तर राजेश हमालको नाम कतै पनि नअटाउनु आफैंमा अचम्मको विषय रहेको थियो ।
चलचित्र ‘ज्यान हाजिर छ’ का निर्देशक बद्री अधिकारीसँग किन एस्तो हो भनेर बुझ्न खोज्दा उनले एसो भने "पुराना अनुहार राख्दा दर्शकले पुरानै सिनेमा रहेछ भन्ने ठानेर सिनेमा हेर्न नआउने भएकाले राजेश हमालको नाम हामिले नराखेको हौ"
साथै उन्ले यस चलचित्रमा अन्य पुराना कलाकार हरुको पनि नाम समाबेस गरेकाछैनन चलचित्र ‘ज्यान हाजिर छ’ मा ।
महानायक राजेश हमाल भन्ने बित्तिकै दर्शकहरु पहिला उनको २ मिनेट को अभिनय मात्र किन नहोस हेर्नको लागी लाईनमा लागेर हलसम्म पुग्थे भने नेपाली चलचित्रका निर्मता, निर्देशक पनि उन्लाई आफ्नो चलचित्रमा लिन को लागी र उनको अनुमतीमा ठुलो अनुहार सहितको फोटो पोस्स्टरमा हाल्न आतुरहुने गर्दथे तर अहिले यिनै महानायक को ठुलो रोल भएपनी उनको तस्बिर र नाम पोस्टएर अनि प्रोमो मा देख्न नपाउने इस्थितिसम्म पनि आइसकेछ ।
पुन कुरा गरौ चलचित्रको नै नेपाली काथानक चलचित्र "मायाज वार" मा खलनायकको भूमिकामा देखिएका छन महानायक तर उनको अनुहार न त पोष्टरमा देखिन्छ न त प्रोमोमा नै । तेस्तै अर्को नेपाली कथानक चलचित्र "फेसबुक" मा पनि राजेश हमाल अटाएका छैनन् । नया अनुहारलाई नै प्रमोशन गरिएको "फेसबुक" मा हमालको नाम कतै पनि उच्चारण भएको छैन ।
यसरि सबैबाट आएको फरक कुराबाट हामी के बुझ्न सक्छौ भने महानायक हमाल को अब टाउको हैन अनुहार र उनको अभिनए मात्र खोजेका रहेछन ।
तर अभिनएको हिसाब ले उनको नाम मात्र भने पनि आउन पर्ने हो कि कसो ? त ?
1 comments:
ho ekdam sahi ho ......
Post a Comment