123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:32 PM
0
२०६९-०६-१५
फिल्मी अपडेट्,काठ्माण्डौ

"3rd National film workship 2069" निर्धारित मिति बाट सरेको छ  ।
लमजुङको घलेगाउँमा  नेपाल चलचित्र निर्देशक समाजले असोज १९ देखि २३ गतेसम्म गर्ने भनेको चलचित्र गोष्ठी पछाडी सरेको छ ।

यद्दपी अब "3rd National film workship 2069" मंसिर ७ देखि ११ गतेसम्म आयोजना हुने भएको छ ।
"नेपालीहरुको महान चाड दशैं परेकाले उक्त कार्यशालालाई अलि पछाडी सारिएको हो" निर्देशक समाज।

कार्यशालामा सहभागी जनाउन इच्छुक सबैलाई मंसिर ५ गतेसम्म नाम दर्ता गराउन निर्देशक समाजले अपिल पनि गरेको छ ।
यसै भनाई लाइ पुस्टि गर्न नेपाल चलचित्र निर्देशक समाजले प्रेस विज्ञप्ती जारि गरेको छ

प्रेस विज्ञप्ती

नेपाली चलचित्र निर्देशकहरुको एकमात्र छाता संगठन नेपाल चलचित्र निर्देशक समाजले पेशागत हकहित तथा पेशागत मर्यादा साथ साथै नेपाली चलचित्रको श्रृजनात्मक विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको यहाहरुलाई सर्वविदितै छ ।

“नेपाली मौलिक, संस्कृति र पर्यटनलाई एकैसाथ अगाडी बढाउने उद्देश्यबाट मिति २०६९ साल असोज १९ देखि २३ गते सम्म पर्यटकीय तथा सांस्कृतिक स्थल लमजुङ जिल्लाको घले गाउमा ““ETHNICITY & CINEMAÆ Exploring tourism and cultural diversity विषयक "3rd National film workship 2069" आयोजना गर्न लागिएकोमा सवै सहभागीताका लागि इच्छुक संघ संस्था तथा व्यक्तिहरुले नेपालीहरुको महान चाड दशैं परेकाले उक्त कार्यशालालाई अलि पछाडी सारी सबै संघ संस्था तथा व्यक्तिहरु कार्यशालामा सहभागी हुने वातावरण बनाईदिन लिखित तथा मौखिक अनुरोध गरेकाले सबैको अनुरोधलाई सम्मान गर्दै ““ETHNICITY & CINEMAÆ Exploring tourism and cultural diversity विषयक "3rd National film workship 2069" यही २०६९ साल मसींर ७ देखि ११ सम्म लमजुङको घलेगाउँमा नै सम्पन्न गर्ने निर्णय गरिएको ब्यहोरा जानकारी गराउदछौ साथै कार्यशाला घोषित मितिमा नभै सार्नु परेको बाध्यता यहाँहरु सबैले बुझिदिनुहुनेछ भन्ने अपेक्षा गर्दै यहाँहरुप्रति पर्न गएको असुबिधाका लागि क्षमा चाहन्छौं ।
साथै यस कार्यशालामा सहभागिताका लागि सम्पूर्ण चलचित्र लेखक, निर्देशक, कलाकार, निर्माता, प्राविधिक, चलचित्र समिक्षक, पत्रकार, चलचित्रका अध्यनरत विधार्थीहरु र सम्पूर्ण यस विधामा इच्छुक महानभावहरुलाई आजैका मितिबाट मंसीर ५ सम्ममा आवेदन फारम भरी सहभागी भईदिनु हुन यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौ ।
कार्यबाहक महासचिब
एम एस अग्रज के सी
०१४४२२०१५
९८१८९४५१८५

0 comments: