123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:49 AM
0
२०६९-०७-०१
फिल्मी अपडेट ,काठ्माण्डौ


कोटकी कालिका फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र "सो सिम्पल"का निर्माताहरु निता भट्टराई र मुकुन्द फुयांल हुन् । चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् भने द्धन्द हिमाल केसीको रहेको छ । चलचित्रको कथा प्रदि पभारद्धाजले लेखेका हुन् । युवापुस्ताको प्रेम र सो प्रेमले राष्ट्रलाई पुर्याएको योगदानको कथालाई सिम्पल ढंगले बुनिएको चलचित्र हो, "सो सिम्पल"  निर्माता केशव भट्टराई ।
चलचित्र "सो सिम्पल"
गत शुक्रबार दमकको निलकण्ठ चलचित्र मन्दिरमा च्यारिटी शो सम्पन्न गरिएको चलचित्र "सो सिम्पल" ले राम्रै प्रशंसा पायो  । दमक कै  एकता क्लव र गोर्खा स्पोटिङ क्लवले संयुक्त रुपमा आयोजना गरेको उक्त च्यारिटी शो मा सहभागी राजधानीबाट चलचित्रका निर्माता केशव भट्टराई, निर्देशक शिव रेग्मी, नायक नायिका प्रमोद भारद्धाज र भावना रेग्मीसँगै प्रोडक्सन कन्ट्रोलर गणेश सापकोटा पनि पुगेका थिए ।

उलेख्य दर्शक जमातबाट सकारात्मक प्रतिक्रिया पाए पछी चलचित्र "सो सिम्पल"  का टिम अझ झन हौसिएका छन् ।
चलचित्र को सो पछी  निर्देशक शिव रेग्मीले दर्शकहरूको प्रतिक्रिया लिँदा दर्शकबाट राम्रो र सकारात्मक  प्रतिक्रिया आएको र यसबाट "म परिक्षामा पास भएको अनुभुति मैले गरे" ।
र अर्को तर्फ निर्माता केशव भट्टराई भने डर मुक्त भए । प्राय नव कलाकारहरुको अभिनय रहेको फिल्मलाई दर्शकले कस्तो भन्ने हुन्, भन्ने डर मनमा थियो तर अब दर्शकहरुले सिनेमा रुचाएका छन्, म ढुक्क छु, उनले भने ।
मंगलबार नबजोत्यी एफ एम को एक कार्यक्रममा बोल्दै उनले भने "चलचित्रले दमकमा राम्रो सफलता पाएकोछ र चलचित्रमा मैले धेरै जनालाइ नया कलाकारलाई मौका दिएकोछु र जसअनुरुप सबैले राम्रो काम पनि गरेका छन्।"

चलचित्र "सो सिम्पल"  मार्फत् नै नेपालि चलचित्र रजतपट पाइला टेकेका नायक ,नायिका प्रमोद भारद्धाज र भावना रेग्मीपनि दमकका दर्शकहरुको प्रतिक्रियाबाट खुशी भएका थिए भए । शनिबार चलचित्र "सो सिम्पल" का  टोली राजधानी फर्किएको थियो । कार्तिक ३ देखि मोफसलमा झण्डै ३ दर्जन सिनेमाघरहरुबाट प्रदर्शनमा आउने चलचित्र "सो सिम्पल" कार्तिक १० मा उपत्यका पस्नेछ ।
स्मरण रहोस चलचित्रको बुधबार बेलुकी हेटौंडामा पनि च्यारिटी शो आयोजना गरिदैछ ।


0 comments: