२०६९-०६-१८
प्रणप सुबेदी ,काठ्माण्डौ
भिर बाट खस्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँद थाप्न सकिन्न ।
प्रसँग बदलौ नेपालि चलचित्र रजतपटको कुरा बाट । नेपाली चलचित्र बजार सानो छ र यहाँ हप्ता को एउटा सुक्रबार नेपाली र बिदेशी चलचित्रहरु प्रदर्शन हुने गर्दछन र अन्त्यमा मारमा पर्छ नेपालि चलचित्रहरु ।
अब कुरा गरौ भोलि असोज १९ गते सुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रहरुको ।
नेपालमा बैद्य पक्ष माओबादी का केहि मागहरुका कारण नेपालमा सिमित समएको लागि भारतिय चलचित्र र अंग्रेजी चलचित्र प्रदर्शन रोक लगाएको लगत्तै अहिले को मौकालाई छोपेका छन् नेपालि चलचित्रका निर्माताहरुले भन्दा अतियुक्त्ति नहोला सायद ।
त्येसैले भोलि देखि नेपालमा राजधानी भित्र र राजधानी बाहिर गरेर ४ वटा नेपालि कथानक चलचित्रहरु प्रदर्शनमा आउँदैछन । ति मध्य ३ वटा चलचित्र फ्रेस चलचित्रहरु हुन ।
"भिसा गर्ल"
"जय होस"
"लेटर"
"हेलो प्रकृति"
आफ्नो चलचित्र प्रति दर्शक तान्नको लागि देश घुम्दैमा चलचित्रको प्रमोसन हुन्छ भने सबै निर्माता चलचित्र बनाएर एकपटक पुरै देश घुम्थे होलान । तर बास्तबिकता यो हैन चलचित्र राम्रो चलन्नको लागि देश हैन चलचित्रको ,कथा,कला,र चलचित्रको "च" लाई बुझ्नुस अनि चलचित्र बनाउनुष चल्छ सबैलाई चेतना भया ।
अब प्रसँग जोडौ भोलि बाट प्रदर्शनमा आउने चलचित्र बाट नै भोलि निर्देशक प्रचण्डमान श्रेष्ठ द्वारा निर्देशित चलचित्र "भिसा गर्ल" प्रदर्शन मा आउने भएको छ ।
प्रदर्शनको मितिलाई असोज १२ बाट असोज १९ मा सारिएको हो ।
चलचित्र "भिसा गर्ल" ले देशव्यापि भ्रमण आफ्नो चलचित्रको प्रमोसन गरेको थियो ।अन्य चलाचित्रहरुले प्रमोसनको लागि राजधानी काठमाण्डौ लाइ नै ताकेका हुन्छन तर चलचित्र "भिसा गर्ल" ले मोफसल लाई टार्गेट गर्यो हेर्न यो बाँकी छ कि प्रचण्डमान श्रेष्ठको निर्देशन , बिनय श्रेष्ठ ,रिचा शर्मा ,रिमा बिश्वकर्मा, रेमन दास श्रेष्ठ ,सलोनि राज भण्डारि , आदि कलाकार ले अभिनय गरेको यस चलचित्रको देश दौडाहाको कस्तो नतिजा निकाल्न्ने हो ।
स्मरण रहोस श्रोतका अनुशार नायक एबम निर्माता बिनय श्रेष्ठले आफूलाइ अमिर खान र चलचित्रलाइ बलियुड का निर्माता करण जोहरले बनाएको जस्तो भन्दै चलचित्रको प्रचार प्रसार गर्दै आएका छन ।
अब प्रसँग अर्को चलचित्रको र चलचित्र हो सुधन धितालको निर्माण तथा डा घनश्याम खतिवडा को निर्देशन रहेको चलचित्र "जय होस" । यो चलचित्र पनि शुक्रवार बाट रिलिज हुदैछ जस्मा राजेश हमाल ,बिराज भट्ट, सुमिना घिमिरे, सौजन्य सुव्वा आदि कलाकारको अभिनय रहेको छ ।
स्मरण रहोश यो चलचित्र "जय होस"८० लाखको हाराहारिमा बनेको चलचित्र हो । यस चलचित्रले आफ्नो लगानी सुरक्षित पार्ला भनेर यसै भन्न सक्ने अवस्था छैन किनकि एकैपटक ४ वटा चलचित्र एकै साथ प्रदर्शनमा आउने भएका छन ।
अब फेरी अर्को चलचित्र को कुरा गरौं चलचित्र हो "लेटर" ।
नाम अंग्रेजी हो चलचित्र भने नेपालि कथानक नै हो ,अल नेपाल रिलिज को तयारिमा रहेको यस चलचित्र "लेटर" मा लामो समय पछि उत्तम प्रधान कम ब्याक भएका छन् । यस चलचित्रमा प्रबाशी नेपालिको सहभागिता रहेको छ ।
फेरी अर्को चलचित्र को कुरा र चलचित्र हो "हेलो प्रकृति " । केहि हप्ता अगाडी मोफसलका हलहरुमा औसत ब्यापार गरेको चलचित्र "हेलो प्रकृति " अब भने बल्ल राजधानी पसेको छ र भोलि सुक्रबार बाट यो चलचित्रले आफ्नो प्रदर्शन थाल्दैछ राजधानीमा ।
स्मरण रहोस यस चलचित्र "हेलो प्रकृति " का नायक अनिल थापा यसै चलचित्रबाट नायकको रुपमा पर्दामा देखिएका हुन् ।
0 comments:
Post a Comment