123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:53 AM
0


२०६९-०६-२४
फिल्मी अपडेट्,काठ्माण्डौ


बलिउडमा 'हिरोइन' भइसकेको अवस्थामा स्वदेशमा भने 'हिरोइन', 'कलिउड', 'स्टार' ले पनि नायिकाका संघर्षलाई जोडेर बनाएका फिल्म यति बेला फ्लोरमा छन् ।

फिल्मभित्रकै विषयलाई आधार मानेर फ्लोरमा जाने लर्कोमा अर्को फिल्म पनि थपिएको छ, 'प्रोड्युसर' । फरक यति हो, यसमा निर्माताको कथालाई समातिएको छ । 'हामी फ्लोरमा जाँदा फिल्मकै विषयमा अरू पनि फिल्म बन्दै छन् भन्ने थाहा थिएन,' ७० प्रतिशत छायांकन सकिएको फिल्म 'प्रोड्युसर' का निर्देशक जनकदीप पराजुलीले भने, 'पछि अरूको प्याटर्न सुनेपछि कथादेखि प्रस्तुति नै बेग्लै पाएँ ।' उनले निर्माताले फिल्म बनाउँदा झेलेको दुःखलाई हास्य रस मिसाएर देखाइएको बताए । 'प्रोड्युसर' लाई निर्माता संघकै अध्यक्ष राजकुमार राईले निर्माण गरेका हुन् ।
producer

तर 'फिल्मभित्र पनि हाम्रो अर्को फिल्म 'राष्ट्रसेवक' बनिरहेको छ,' टेलिभिजन सिरियल र म्युजिक भिडियो हुँदै फिल्म निर्देशनमा पहिलो पटक हात हालेका जनकदीपले भने, 'त्यसको निर्माता भने श्याम राई हुन् ।' 'राष्ट्रसेवक' को निर्देशकको भूमिकामा भने बाबु बोगटी देखिएका छन् भने श्याम अर्याल नायक र श्वेता भट्टराई नायिकामा देखिनेछन् । प्रोडक्सन कन्ट्रोलरको भूमिका भने बिल्सनविक्रम राईले निर्वाह गरिरहेका छन् । मंगलबार बत्तीसपुतली स्थित एक रेस्टुरेन्टमा फिल्म 'प्रोड्युसर' को छायांकन भइरहँदा प्रोडक्सन कन्ट्रोलर बिल्सन र निर्देशक बाबु मिलेर एक व्यापारीलाई फिल्म निर्माताका रूपमा 'मुर्गा' बनाइरहेका थिए । छेवैमा रहेकी नायिकाले व्यापारीलाई फिल्म लाइनमा छिर्न झन् ऊर्जा मिलिरहेको थियो । श्वेता भट्टराईले दुवै फिल्ममा नायिका हुने मौका पाएकी छन् ।

किरण माइकलको कथा रहेको 'प्रोड्युसर' मा निर्मातासँगै प्रोडक्सन कन्ट्रोलर र निर्देशक तीनैको पेसालाई समानान्तर हिसाबले देखाइएको निर्देशक पराजुलीले दाबी गर्दै भने, 'मेरो फिल्ममा भने यिनै तीन हिरो हुन् ।'

0 comments: