123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:21 PM
0


२०६९-०६-१७
फिल्मी अपडेट्,

करिना कपुरको पछिल्लो फिल्म ‘हिरोइन’ बलिउडमा सफल हुन नसकेपनि करिनाको चर्चा सकिएको छैन । त्यतिमात्रै होइन, करिना त विगत केही समययता बलिउडमा चर्चाका विषय बनेकी छिन् । उनको चर्चाको विषय हो, उनको विवाह । करिना अक्टोबर महिनामा बलिउड नायक सैफ अली खानसँग विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाईरहेका छन् ।

बलिउडमा करिनाको चर्चा चल्नेक्रम रोकिएको छैन । हालैमा करिनाले फिल्मफेयर पत्रिकाको लागि फोटोसुट गराएकी छिन् । उक्त पत्रिकाको सेप्टेम्बर महिनाको लागि उनले गराएको फोटोसुटमा करिनालाई निकै मादक अन्दाजमा देखिएको छ ।

यहाँ भएको तस्वीर तिनै तस्वीरहरु मध्येको एक हो । कालो रंगको ड्रेसमा करिनालाई यस तस्वीरमा निकै हट र सेक्सी देखिएको छ । त्यस्तै तस्वीरमा देखिएको मादक रुपले जो कसैलाई मोहित गर्छ । तर, करिनाको यो सुन्दरता भने अब कसैको निजी सम्पत्ति बन्न जाँदैछ ।

तस्वीरमा करिनालाई छोडेर पलङमा पछाडिपट्टि रहेका पुरुषमा नजर लगाउँ, पलङमा करिनाको साथमा सुतिरहेका व्यक्ति को हुन् ? समाचारका अनुसार ती व्यक्ति न कुनै कलाकार हुन्, न मोडल या फेरि न कुनै परिचित अनुहार नै । तर, चाँडै नै बेहुली बन्न गईरहेकी करिनाले कसको साथमा उक्त तस्वीर खिचाईन त्यो भने खुल्न नसेकेको जनाइएको छ ।

तथापी छिट्टै नै वैवाहिक बन्धनमा बाँधिन लागेकी करिनाले त्यस्तो फोटोसुट नगरेको भए हुन्थ्यो भनेर केही भारतीयहरुले भने गुनासो गरेका छन् । – एजेन्सी

0 comments: