123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:17 PM
0

२०६९-०६-१९
प्रणप सुबेदी ,काठ्माण्डौ

गत सुक्रबार ३ वटा  चलचित्र प्रदर्शनमा आएका थिए र यो हप्ता आज सुक्रबार फेरी पनि त्यही घटना सानो बाजार ठुलो हमला ।
र फिल्मी अपडेट लाइ प्राप्त जानकारी अनुशार आज शुक्रबारबाट चार वटा नेपाली चलचित्रहरु "भिसा गर्ल", "जय होस","लेटर"
र "हेलो प्रकृति" सार्वजनिक प्रदर्शनमा आएकाछन् ।

"भिसा गर्ल"
CG Entertainment को प्रस्तुतीमा निर्माण भएको नेपाली चलचित्र ‘Visa Girl’ आज बाट सार्बजानिक प्रदर्शनमा आएको छ ।

चलचित्र "भिसा गर्ल" ले देशव्यापि भ्रमण आफ्नो चलचित्रको प्रमोसन गरेको थियो ।अन्य चलाचित्रहरुले प्रमोसनको लागि राजधानी काठमाण्डौ लाइ नै ताकेका हुन्छन तर चलचित्र "भिसा गर्ल" ले मोफसल लाई टार्गेट गर्यो हेर्न यो बाँकी छ कि प्रचण्डमान श्रेष्ठको निर्देशन , बिनय श्रेष्ठ ,रिचा शर्मा ,रिमा बिश्वकर्मा, रेमन दास श्रेष्ठ ,सलोनि राज भण्डारि , आदि कलाकार ले अभिनय गरेको यस चलचित्रको देश दौडाहाको कस्तो नतिजा निकाल्न्ने हो ।
स्मरण रहोस श्रोतका अनुशार नायक एबम निर्माता बिनय श्रेष्ठले आफूलाइ अमिर खान र चलचित्रलाइ बलियुड का निर्माता करण जोहरले बनाएको जस्तो भन्दै चलचित्रको प्रचार प्रसार गर्दै आएका छन ।



"जय होस"
तेस्तै आज बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो सुधन धितालको निर्माण तथा डा घनश्याम खतिवडा को निर्देशन रहेको चलचित्र "जय होस" । यो चलचित्र पनि आज  शुक्रवार बाट रिलिजमा आएको छ जस्मा राजेश हमाल ,बिराज भट्ट, सुमिना घिमिरे, सौजन्य सुव्वा आदि कलाकारको अभिनय रहेको छ ।
स्मरण रहोश यो चलचित्र "जय होस"८० लाखको हाराहारिमा बनेको चलचित्र हो । यस चलचित्रले आफ्नो लगानी सुरक्षित पार्ला भनेर यसै भन्न सक्ने अवस्था छैन किनकि एकैपटक ४ वटा चलचित्र एकै साथ प्रदर्शनमा आएका छन ।


"लेटर"

अब फेरी अर्को चलचित्र को कुरा गरौं जौन चलचित्र आज बाट नै सार्बजानिक प्रदर्शनमा  आएको छ रचलचित्र हो "लेटर" ।
नाम अंग्रेजी हो चलचित्र भने नेपालि कथानक नै हो ,अल नेपाल रिलिज को तयारिमा रहेको यस चलचित्र "लेटर" मा लामो समय पछि उत्तम प्रधान कम ब्याक भएका छन् । यस चलचित्रमा प्रबाशी नेपालिको सहभागिता रहेको छ ।


"हेलो प्रकृति"

चलचित्र "हेलो प्रकृति " केहि हप्ता अगाडी मोफसलका हलहरुमा औसत ब्यापार गरेको चलचित्र "हेलो प्रकृति " अब भने बल्ल राजधानी पसेको छ र आज सुक्रबार बाट यो चलचित्रले आफ्नो प्रदर्शन थालेको छ राजधानीमा ।
स्मरण रहोस यस चलचित्र "हेलो प्रकृति " का नायक अनिल थापा यसै चलचित्रबाट नायकको रुपमा पर्दामा देखिएका हुन् र चलचित्रमा अन्य कलकार हरुमा सुमिना घिमिरे,सुशिल पोखरेल्,बिजरी देउजा ,रश्मी भट्ट लगाएतकाको अभिनए रहेकोछ चलचित्रलाई प्रबिन भट्टराइले निर्देशान गरेका हुन र कार्यकारी निर्माता प्रदिप खनाल हुन  ।

Hello Prakriti Movie Poster

0 comments: