123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:17 PM
0


२०६९-०६-१५
फिल्मी अपडेट्,काठमाण्डौ

सरोज भण्डारी र ललिता धौबडेल सेरेङ्गको संयुक्त लगानी चलचित्र "निशानी" निर्माण भएको छ ।
निर्देशक बिनोद सेरेङ्गको निर्देशन रहेको मौलिक नेपाली कथामा आधारित भएर पुर्व तथा पश्चिम नेपालको सांस्कृतिक भावना तथा संवेदना यस चलचित्रले बोकेको छ ।

पल्टनको लाहुरेको कथा हो चलचित्र "निशानी" जहाँ कारगिल खलवार युद्धमा गोरखालीहरुले कसरी वीरगति प्राप्त गरेका छन त्यसको दृष्य यथार्थ चित्रणलाई यो चलचित्रमा देखाउन खोजिएको छ ।

पुर्वको ईलाम र पश्चिमको घले गाऊ, कन्याम चियाबारी लगायत भारतको दर्जेलिङ्ग र सिक्किमको रमणिय ठाउहरुमा छायांकन गरिएको यो चलचित्रमा कुनै समयका इण्डियन आईडल प्रशान्त तामाङ्ले अभिनय गरेका छन।
चलचित्रमा प्रशान्त तामाङ्गको स्वर मा गित पनि रहेको छ । युवराज राईले छायांकन गरेको यो चलचित्रमा गोविन्द राईको कोरियोग्राफ़ी रहेको छ भने द्वन्द निर्देशन जनक गुरुङ्गले गरेका छन।

मनोरञ्जन साथ साथै यो चलचित्रले नेपालको पर्यटन क्षेत्रको विशेषगरी ग्रामिण भेगको प्रचार प्रसार समेतमा राम्रो गर्नेछ भन्ने कुरामा चलचित्र युनिट ढुक्क भएको छ।

0 comments: