२०६९-०६-२३
ज्ञानु गौतम, नेपालगंज
देशको शैक्षिक प्रणालीलाई मुख्य विषयवस्तु वनाई निर्माण गरिएको चलचित्र "पाठशाला"को च्यारिटी सो नेपालगंजमा हुने भएको छ । शैक्षिक वातावरण भनेको शान्त , सुन्दर हुनुपर्ने हो तर नेपालको शिक्षा प्रणाली , शिक्षा प्रदान गर्ने संस्थाहरु दिन प्रतिदिन विग्रदै गइरहेका छन । शैक्षिक संस्थाहरुमा विकृती वढिरहेको छ । देशको पाठशाला अर्थात विधालय केटा , केटी गफ गर्ने स्थान साथै विध्यार्थीहरुमा छाडापन, दादागिरी देखाउने स्थान वन्नुका साथै व्यापारीकालागी व्यापार गर्ने थलो वनिरहेको छ ।
यस्तै कथावस्तुमा आधारीत भई फिल्म पाठशाला वागेश्वरी चलचित्र भवनमा असोज २४ गते वुधवार प्रदर्शन गरिने भएको छ ।" निर्माण गरिएको निर्देशक राज वहादुर सानेले जानकारी गराए । उनले यो फिल्म शिक्षक, विद्यार्थी मात्र नभई एकपटक हरेक वर्गले हेरी धेरै कुरा सिक्नुपर्ने वताए ।एल वि कटुवाल र राज गौतमको निर्माण, विकाश चौधरीको संगित रहेको फिल्ममा मायाप्रेम साथै विधालयलाई गुणस्तरीय वनाउन अविभावक, शिक्षक र विद्यार्थीको कस्तो भुमिका रहन्छ भन्ने यथार्त कुरालाई देखाइएको निर्माता गौतमले जानकारी गराए ।
स्थानीय स्तरवाट गरिएको पहिलो प्रयास भएकै कारण चलचित्रलाई दर्शकले मन पराउने या नपराउने भन्नेवारे चिन्ता रहेको अर्का निर्माता कटुवालले वताए ।
उनले पत्रकारहरुसंग कुरा गर्दै नयां अनुभव भएको साथै फिल्मको अधिकांश छायांकन दुर्गम क्षेत्रमा गरेकै कारण यातायातको व्यवस्था नहुदा आफुहरुले धेरै दु:ख पाएको वताए ।

यो चलचित्र आगामी माघ तेस्रो सातावाट नेपालभरका विभिन्न हलहरुवाट प्रर्दशनमा आउने निर्माता कटुवालले वताए । मध्य र सुदुर पश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा विरेन्द्र यादव, राज गौतम, एलवी कटुवाल, संगिता, मेनका गिरी, आयुस वि सी, डिल्ली के.सी लगाएतका स्थानीय कलाकारको अभिनय रहेको छ ।
.jpg)
0 comments:
Post a Comment