२०६९-०७-०१
विएस ठकुरी, नेपालगंज
फिल्म ‘वन डे’ निर्माण गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका युवा निर्माता राम प्रसाद रिजाल आफ्नो तेस्रो फिल्म ‘धुँवा यो नशा’ को प्रचार प्रसार गर्ने क्रममा नेपालगंज आइपुगेका छन ।
आगामी कार्तिक ३ गते एकैसाथ मोफसलका विभिन्न सिनेमा घरहरुमा प्रर्दशनको तयारिमा रहेको चलचित्र ‘धुँवा यो नशा’को प्रमोसननको क्रममा निर्माता र रिजाल र नायक आर्यन सिग्देल नेपालगंज आइपुगेका हुन ।

नेपालगंजमा पत्रकार सम्मेलन गर्दै निर्माता रिजालले आफ्नो फिल्म लागु औषध संग सम्वन्धित भएको र युवावर्गलाई लक्षित गरि निर्माण गरी वनाइएको भएतापनी सम्पुर्ण वर्गले एकपटक हेर्नै पर्ने वताए । उनले फिल्म भनेको दर्शकलाई पुर्णरुपमा मनोरन्जन दिने उदेश्यले निर्माण गरिन्छ तर यो फिल्म मनोरन्जन भन्दा पनी सन्देसमुलक रहेको जानकारी गराए । फिल्म हेरीसकेपछी हरेक अविभावकले आफ्नो छोरा कुलतमा फसेको छ या छैन भनी जानकारी राख्ने वताउदै सम्पुर्ण सन्चारकर्मीलाई फिल्म हेरेर प्रतिक्रिया दिने समेत वताए । त्यस्तै नायक सिग्देलले आफ्नो अन्य फिल्म भन्दा यो फिल्मवाट धेरै नै आसावादी रहेको वताए । सन्चारकर्मीसंग कुरा गर्दै उनले फिल्म वनाउदा निर्माता तथा निर्देशकले दर्शकको इच्छालाई बुझ्नुका साथै कथामा अध्ययन गरेर मात्र फिल्म वनाउदा दर्शकले साथ दिने वताए ।

उनले यो फिल्म युवावर्ग साथै हरेक अविभावकले हेरी कुलतमा फसिरहेका साथै फस्न थालेका सन्तानहरुकोलागी फलदायी रहेको वताए । लक्ष्मण रिजालले निर्देशन गरेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, लोचन घिमिरेको संगित, शिव विक र कविराज गहतराजको नृत्य निर्देशन, अष्ट मर्हजनको द्घन्द निर्देशन रहेको छ । काठमाण्डौँ, सौराहाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा आर्यन सिग्देल, निशा अधिकारी,राजोल सिलवाल , रमेश वुढाथोकी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

0 comments:
Post a Comment