२०६९-०७-०१
प्रणप सुबेदि,काठ्माण्डौ
खस्किदो नेपाल संगीतको बजारमा नयाँ सोच र नबिनतम साङितिक मिठास सहित सन्चारकर्मी पुरुषोत्तम बस्नेतको सांगीतिक एकल गजल एल्बम "प्रजुशा" आज बाट बजारमा आएको छ ।

क्लासिक एफ एम १०१,२ मेगाहर्जमा कार्यरत सन्चारकर्मी पुरुषोत्तम बस्नेतको पहिलो गजल एल्बम
"प्रजुशा" को आज राजधानीमा एक कार्यक्रमका बिच बिमोचन गरिएकोछ ।कार्यक्रममा थुप्रै संगीत प्रेमी माहानुभाब लगायत सन्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

क्लासिक एफ एम १०१,२ मेगाहर्जका अद्क्ष्य तथा सन्चारकर्मी मन्जु कार्की लामिछाने तथा संगीतकार डा कृश्ण हरी बाराल द्वारा एल्बम "प्रजुशा" को बिमोचन गरिएको थियो ,"प्रजुशा" मा ५ वटा गितहरु समाबेश रहेकाछन ।
* आफुलाई भन्दा धेरै
* तिम्रो जस्तो रसिलो
* रहर रहेछ
* नझार आँशु आँखाबाट
* सम्बन्ध त् टाढा
लगायतका गितहरु समाबेश रहेको यस एल्बम लाइ प्रस्तुत भने GREEN APPLE International Education Foundation ले गरेको छ ।

एल्बम "प्रजुशा" भित्र रहेका सम्पूर्ण गितहरुमा शब्द सन्चारकर्मी पुरुषोत्तम बस्नेतको नै रहेको छ यस एल्बममा संगीत भने पुस्तक प्रशाद को रहेको छ र स्वोर दिनेश गौतमको रहेको छ । स्मरण रहोस संगीतकार पुस्तक प्रशाद र गायक दिनेश गौतम एकै ब्यक्त्ति हुन् र "प्रजुशा" नाम प्रस्तुत कर्ता पुरुषोत्तम बस्नेतको छोरीको नाम हो र अब उनको अर्को एल्बमको नाम भने आफ्नो छोराको नाम बाट राख्ने औपचारिक घोषणा पनि उनले गरे ।

कम्पास मिडियाले बजार बेबस्थापन गरेको यस एल्बम "प्रजुशा"को दुई गितहरुको भने भिडियो पनि बनिसकेका छन । आफुलाई भन्दा ,,,,,,, बोलको गजलको म्युजिक भिडियो बिजय बिक्रम बस्नेतको निर्देशन र लोकेन्द्रचन्द्र थापाको छायाँकनमा तयार भएको छ । तेस्तै अर्को भिडियोमा समबन्ध त टाढा भयो ,,, को निर्माण पनि गरिएको छ । दुबै भिडियो आज सार्बजनिक गरिएको थियो ।
सन्चारकर्मी पुरुषोत्तम बस्नेतज्यु लाई फिल्मी अपडेटको तर्फबाट एल्बम "प्रजुशा" को सफलताको शुभकामना ।
0 comments:
Post a Comment