२०६९-०६-२४
फिल्मी अपडेट्, काठ्माण्डौ
स्वदेशमा भाइरल ज्वरो फैलिरहेका बेला वेब साइटमा भने यति बेला रानी मुखर्जीको बेली डान्सको भाइरल फैलिइरहेको छ । रिलिज क्रममा रहेको 'ऐया' को एउटा गीतको भिडियोलाई युट्युबमा एक सातामै १५ लाखले हेरेका छन् ।

'नोवन किल्ड जेसिका' आएको वर्षदिनपछि आएको उनको पछिल्लो फिल्मको उक्त गीतले 'हिरोइन' की हलकट जवानीवाली करिना कपुरको नाचलाई समेत छारिदिएपछि यतिबेला रानीका खुट्टा भुइँमा छैनन् ।
हालै 'ऐया' तपाईंको कमब्याक फिल्म हो भनेपछि उनी केही तात्तिइन् । उनले पत्रकारलाई नै उल्टै प्रश्न तेस्र्याइन्, 'के म आमिर खान जसरी वर्षमा एउटा फिल्म मात्रै गर्न सक्दिनँ ? उनलाई 'तलास' फिल्म तपाईको कमब्याक हो भनेर किन सोध्नुहुन्न ? मेरा त डेढ वर्षमा दुई-दुइटा फिल्म आएका छन् ।'
रानीले फिल्म क्षेत्रमा पनि लैंगिक विभेद रहेको टिप्पणी गर्दै भनिन्, 'एउटा हिरोका लागि वर्षदिनमा एउटा फिल्म खेले पनि हुने, सबै ठीकै हुने अनि हिरोइनको हकमा भने त्यही कुरा नपच्ने पनि हुन्छ ? एउटै कुरा दुईजनामा कसरी फरक हुन्छ ? हाम्रो सोचमै परिवर्तन गर्नुपर्छ ।'
रानी 'ऐया' का गीतको चर्चाले भने खुसी पनि छिन् । 'डान्सका लागि आएका प्रतिक्रियाले मलाई उत्साहित पारेका छन् । मान्छेहरूले फोन र म्यासेज पठाएर अविश्वसनीय, माइन्ड ब्लोइङ भनिरहेका छन्,' उनले भनिन् ।
0 comments:
Post a Comment