फिल्मी अपडेट ,काठ्माण्डौ
‘धुवाँ यो नशा’
निर्माता राम प्रसाद रिजाल निर्मित सिनेमा ‘धुँवा यो नशा’ आज बाट मोफसलका करीब २८ वटा सिनेमा घरहरुबाट प्रदर्शन भएको छ ।निर्देशक लक्ष्मण रिजालले निर्देशन रहेको सिनेमामा आर्यन सिग्देल र निशा अधिकारीको जोडीलाई दर्शकले हेर्न पाउनेछन ।निर्देशक लक्ष्मण रिजाल स्वयम्को कथा, पटकथा र संवाद रहेको यो सिनेमालाई रामेश्वर कार्कीले खिचेका छन् । त्यस्तै लोचन घिमिरेको संगीत र अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको सिनेमामा शिव विकको कोरियोग्राफीलाई देख्न सकिन्छ ।करीब ८० लाख निर्माण लागतमा भनिएको ‘धुँवा यो नशा’ कार्तिक १० गते काठमाडौमा प्रदर्शन हुदैछ ।
‘सो सिम्पल’
कोटकी कालिका फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र "सो सिम्पल"का निर्माताहरु निता भट्टराई र मुकुन्द फुयांल हुन् । चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् भने द्धन्द हिमाल केसीको रहेको छ । चलचित्रको कथा प्रदि पभारद्धाजले लेखेका हुन् । युवापुस्ताको प्रेम र सो प्रेमले राष्ट्रलाई पुर्याएको योगदानको कथालाई सिम्पल ढंगले बुनिएको चलचित्र हो, "सो सिम्पल" निर्माता केशव भट्टराई । चलचित्र "सो सिम्पल" मार्फत् नै नेपालि चलचित्र रजतपट पाइला टेकेका नायक ,नायिका प्रमोद भारद्धाज र भावना रेग्मीपनि दमकका दर्शकहरुको प्रतिक्रियाबाट खुशी भएका थिए भए । शनिबार चलचित्र "सो सिम्पल" का टोली राजधानी फर्किएको थियो । कार्तिक ३ देखि मोफसलमा झण्डै ३ दर्जन सिनेमाघरहरुबाट प्रदर्शनमा आउने चलचित्र "सो सिम्पल" कार्तिक १० मा उपत्यका पस्नेछ ।
‘के म तिम्रो साथी बन्न सक्छु’
यस्तै आज सुक्रबार बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘के म तिम्रो साथी बन्न सक्छु’ ।
सविर श्रेष्ठ निर्देशित ‘के म तिम्रो साथी बन्न सक्छु’ मा कृषा चौलागाइँको लगानी रहेको छ । चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ निर्माण भएको सिनेमा काठमाडौको मल्टिप्लेक्स लगायत मोफसलका ३० वटा पर्दाहरुमा प्रदर्शन भएको छ । पारिवारिक एवम् माया प्रेमको विषयमा आधारित सिनेमा ‘के म तिम्रो साथी बन्न सक्छु’ मा आर्यन सिग्देल र दिप्ती गिरीको मुख्य अभिनय रहेको छ । दिप्ती यही सिनेमाबाट नेपाली सिनेमामा नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।
‘लुट कम्पनी’
त्यस्तै आज देखि नै रिलिज भएको अर्को चलचित्र ‘लुट कम्पनी’ हो । सुरज चन्द ठकुरी निर्देशित यो सिनेमा अल नेपाल रिलिज भएको हो ।
सम्पूर्ण चलचित्रहरुलाई सफलताको सुभकामना ।

0 comments:
Post a Comment