123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:37 AM
0
२०६९-०७-१५
फिल्मी अपडेट्,काठ्माण्डौ


चलचित्र संघका महासचिव प्रदिप उदयले अचानक पदबाट राजीनामा दिए ।  बिगत डेढ बर्ष देखि चलचित्र संघको महासचिबको पद सम्हाल्दै आएका प्रदीप उदयले अचानक पदबाट राजीनामा दिएका छन ।

व्यक्तिगत व्यस्ततालाई ध्यान दिदै प्रदिप उदयले राजिनामा दिएको उनले बताएकाछन तर स्रोतका अनुशार केही हलवाला र संघका पदाधिकारीसँग कुरा नमिलेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको खुल्न आएको छ ।

१९ कात्तिकदेखि लागू हुने गरी उदयले चलचित्र संघमा राजीनामा दिएका हुन् । संघ सिनेमा हलवालाहरुको संगठन हो ।  त्यो अवधिसम्म कुरा मिल्ने आशाले उनले राजीनामा लागू हुने समय राखेको स्रोतको भनाइ छ । यस विषयमा संघका कार्यवाहक अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले उदय सँग  भेटेरै कुराकानी गरेपछि केही बताउन सक्ने प्रतिक्रिया दिएका छन ।

स्मरण रहोस प्रदिप  उदयको आफ्नै हल पनि रहेको छ साथै उनि नेपाली चलचित्रको छेत्रमा रेगुलर निर्माताको ट्याग भिरेका निर्माता हुन ।

0 comments: