२०६९-०६-२०
फिल्मी अपडेट्,काठ्माण्डौ
नेपाली चलचित्र रजतपटमा बन्दको दिन पनि राम्रो ब्यापार गरेर नया रेकर्ड राख्दा राख्दै हिट बनेको चलचित्र " सायद्" अब डिभिडी मा आउने भएको छ ।
आफ्नो चलचित्र "सायद्" हिट भएपनी चलचित्रको लगानी उठाउन गाह्रो परेको निर्माता सुनिल रावल बताउँछन । निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेको यस चलचित्रले प्लस टु जेनेरेशन र त्यसभन्दा अघिको जेनेरेशन बीचको कथालाई फरक ढङ्गमा समेट्दै एउटा सामाजिक सन्देश दिएको छ ।

दुर्गिस फिल्मसले निर्माण गरेको यस चलचित्र " सायद्" ले नेपालि चलचित्रको बजारलाई चुनौती दिदै आफ्नो चलचित्र नेपाल बन्दको दिनमा प्रदर्शन गर्यो र यसले नया रेकर्ड कायम गर्यो बन्दको दीन चलचित्र घर लगभग हाउसफुल भएपछि चलचित्र "सायद्" ले नया रेकर्ड कायम गरेको थियो , र यस बाट प्रमाणित हुन्छ कि राम्रो चलचित्रलाइ बन्दले पनिकेही गर्न सक्दैन ।

झरना थापा, बाबु बोगटी, करिष्मा मानन्धर लगायत नबा प्रस्तुति निर्माता तथा नायक सुनिल रावल र संयम पुरी तेस्तै विल्सन विक्रम राई, किशोर सम्बाहाम्फे, अनिता दाहाल, अराज केशब, रितिका लामा लगायका कलाकारहरुले अभिनय गरेका छन् ।

निर्देशक सुरज सुब्बाले नै लेखेको यस चलचित्रमा संजय लामाको छायांकन, गोबिन्द राई र आरज केशवको कोरियोग्राफी तथा स्याडोज ब्याण्डको संगीत रहेको छ ।
स्मरण रहोस चलचित्र "सायद"ले प्रदर्शन को ५२ औ दिन पार गरेको थियो र अब यो चलचित्रको अब डिभिडी पनि आउने भएको छ ।
हाईटेक इन्टरटेन्मेण्टले बजार ब्याबस्थापन गर्दै चलचित्र 'सायद' को डिभिडीलाई भोलि बजारमा ल्याउदै छ ।

आफ्नो साथीलाई मित्रताको चिनोको रुपमा पनि दिन मिल्न्ने चलचित्र "सायद" को डिभिडी आफ्नो प्रति चाँडै सुरक्षित गर्नुहोस है " निर्माता सुनिल रावल ।

निर्माता सुनिल रावल अहिले उनको भाबि चलचित्र "होस्टल" को कामंमा बेस्त छन् ।
चलचित्र "होस्टल" झन् "सायद" भन्दा राम्रो बनाउने भन्दै अहिले स्क्रिप्ट को काममा नै बेस्त छ निर्माता सुनिल रावल ।
चलचित्रको निर्देशनको लागि मुम्बई बाट निर्देशक हेम राज लाइ बोलाएका छन् भने हाल चलचित्रको
लगभग सबै काम सकिसकेको जानकारी फिल्मी अपडेटलाई प्राप्त भएको छ ।
0 comments:
Post a Comment