123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:25 PM
0
२०६९-०७-१४
रबी अधिकारि,चितवन सहकर्मी

बडा दशैंको अबसरमा प्रदसनमा आएको फिल्महरुले तेती राम्रो ब्यापार नगरे पनि सबिर श्रेष्ठको निर्दसन अनि आर्यन सिग्देल अभिनित फिल्म "के म तिम्रो साथी बन्न सक्छु" मोफसलको हलहरुमा राम्रो ब्यापार  गर्न सफल भएकोछ ।
बिशेस गरेर नारायणघाट,हेटौडा,पोखरा लगायतका ठाउँमा फिल्मले धेरै राम्रो ब्यापार गरेको र फिल्म पनि धेरै राम्रो बनेको र धेरै पछि एउटा राम्रो फिल्म हेर्न पायोउ.फिल्म राम्रो लाग्यो फिल्म हेरेर हल बाट  निस्केका दर्शकहरुले बताए ।
बिशेस गरेर आर्यन सिग्देलको अभिनय र एउटा राम्रो फिल्ममा हुन् पर्ने सम्पूर्ण कुरा सो फिल्ममा पाएको अनि आफुले माया गर्ने मायालुको लागि जे पनि गर्न तयार रहेको र बरु आफुले माया गर्ने मायालुको लागि आफ्नो चोखो मायाको पनि बलिदान दिन तयार रहेको देखेर आफ्नो मन थाम्न नसकेर आँखाबाट आँशु आएको र आफुलाई सो फिल्म धेरै मन परेको फिल्म हेरेर निस्केको दर्सकहरु को कथन रहेकोछ ।

नारायणघाटको इन्द्र देव मन्दिरमा दशैंको टिकाको दिनबाट चलेको फिल्म "के म तिम्रो साथी बन्न सक्छु" पहिलो हप्तामा ३ लाखको नजिकको ब्यापार गरेको जानकारी हलका संचालक मुक्ति पियाले जानकारी दिनुभयो ।

आर्यन  सिग्देल, दिप्ती गिरि ,दिनेश डी.सी,धिरेन शाक्य लगायतका  कलाकारहरूको अभिनय रहेको चलचित्र  "के म तिम्रो साथी बन्न सक्छु" लाई कृषा चौलागाईले निर्माण गरेकी हुन् भने शिवम् अधिकारी को लेखन ,रोशन श्रेष्ठको एक्शन ,बनिष शाह र बद्रि लामिछानेको सम्पादन ,शिव ढकालको छायांकन अनि दिनेश सुनामको संगीत रहेको चलचित्र "के म तिम्रो साथी बन्न सक्छु". एउटा साचिकै राम्रो चलचित्र बनेको र जति पनि दर्सक्ले फिल्म हेरेर निस्केका छन् सबै लाई फिल्म मन परेको हुनाले फिल्मको माउथ पब्लिसिटी बडी  हुने  हुनाले यो फिल्मले अझै राम्रो ब्यापार गर्ने अनुमान गर्न सकिन्छ ,
                .

0 comments: