123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:48 PM
0
२०६९-०६-३०
फिल्मी अपडेट्,काठ्माण्डौ

‘उमा’ नामक नेपाली कथानक चलचित्र बन्ने भएको छ । वि.सं. २०५२ देखि २०६२ सम्मको द्वन्द्वकालिन परिवेशलाई आधारित बनाएर बन्ने उक्त्त चलचित्र ‘उमा’को  सोमबार राजधानीमा  पत्रकार सम्मेलन गरि चलचित्र बन्ने घोषणा  गरिएको थियो ।
"पछिल्लो नेपाली राजनीतिक परिवर्तनको तरंग र यसले नेपाली समाजमा पुर्यापएको असरलाई उतार्ने प्रयास स्वरुप सो चलचित्र ‘उमा’  बनाउन लागिएको हो" निर्देशक छिरिङ्गरितार शेर्पा ।

तुलसी घिमिरे,अशोक शर्मा ,ऋचा शर्मा, सौगात मल्ल, दयाहाङ्ग राई लगाएतको मुख्य भुमिका रहने छ यस चलचित्र लाइ मिला प्रोडक्सन प्रालिले निर्माण गर्नलागेको हो ।
‘उमा’का निर्माता तथा निर्देशक छिरिङरितार शेर्पा हुन् ,चलचित्रको छायाँकन दशैँपछि सुरु हुने बताईएको छ। गोपाल योञ्जन तथा अभया एन्ड दि स्टिम इन्जन्सको संगीत रहने छ भने कला निर्देशन पासाङ शेर्पाले गर्ने छन् । चलचित्रमा काठमाण्डौ तथा काभ्रेको खोपाडीको द्रिस्य देख्न सकिनेछ ।

0 comments: