२०६९-०६-२४
फिल्मी अपडेट्,काठ्माण्डौ
अपाच्य दृश्य र शब्दसहित युट्युबमा राखिएको दृश्य हटाउन बाध्य भएको चलचित्र 'एटीएम' सेन्सर बोर्डमा पुग्दा झण्डै आधा दृश्य काटिएको थियो र चलचित्रले आफ्नो रि सुट गरेर अब प्रार्शनको लागि तयार भएको छ ।
यादव सिलवाल निर्देशित चलचित्र 'एटीएम' ले अश्लील दृश्य र शब्द प्रयोग गरेको भन्दै शुरुमा नै बिबाद खेप्नुपरेको थियो ।
चलचित्र छायांकनकै समयमा किस सिनका लागि तीन नायिकाबीच झगडा समेत भएको थियो । जिया केसी, सविना कार्की र सोनिया शर्माले सिनेमामा अभिनय गरेका छन् । जिया र सविनाबीच बोलचाल समेत थिएन, किस सिनकै कारण ।
कात्तिक १७ लाई रिलिज मिति तोकेकोछ चलचित्र 'एटीएम' ले ।
0 comments:
Post a Comment