२०६९-०४-१७
प्रणप सुबेदी
भाद्र २२ गते प्रर्दशनमा रिलिज हुन लागेको चलचित्र ओम भाद्र १५ मा सरेको छ ।
पूर्व मिती यानिकी भाद्र २२ मा राम प्रसाद रिजालको चलचित्र "धुवा यो नशा" भएको कारण र भाद्र २९ मा फेसबुक, बडिगार्ड, तथा व्ल्याकमेल चलचित्र भएको कारण नेपाली चलचत्रि कथानक "ॐ" भाद्र १५ मा रिलिज हुने भएकेा हो ।

नेपाली रजतपटमा सायद चलचित्र "ॐ" एक्लो चलचित्र हो जस्को नाम एक अक्षरबाट बनेको छ ।
नेपाली चलचत्रि कथानक "ॐ" ले अव बर्षात, के म तिम्रो साथि बन्न सक्छु र फूल स्टप लगायत गरेर तीन चलचित्र सँग नेपाली चलचित्र बजार मा पाईला टेक्ने छ । हेरौ कस्ले कस्तो ब्यापार गर्ने छ ।
"चलचित्र "ॐ" को अहिले प्रोमो र गित संगीत लाई हेर्ने र यस्ले पाएको चरचको आधारलाई हेर्नेहो भने चलचित्र "ॐ" ले अरु ३ चलचित्र को तुलनामा राम्रो ब्यापार नगर्ला भन्न अलिकती अफ्टेरो हुनेछ " निर्माता करण क्रेजी ।
"चलचित्र "ॐ" सँगै प्रदर्शनमा आउन लागेको चलचित्र बर्षात भने उपत्यका बाहिर मात्र प्रर्दशन हुने छ ।
चलचित्र ‘ॐ’ लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । केआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सो फिल्ममा राजेश खड्गी र भुपाल खत्रीले पनि लगानी गरेका छन् । फिल्ममा नायिका थापालाई भिन्न गेटअपमा प्रस्तुत गरिएको छ , झरना थापा, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले अभिनय गरेका छन् । फिल्ममा दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, कमल दाहालको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन र दुर्गा पौडेलको छायाँकन रहेको छ । करियोग्राफी भने रामजी लामिछाने, मोहन प्रधान र सुमन लामाको रहेको छ ।
0 comments:
Post a Comment