२०६९-०४-२६
फिल्मी अपडेट
आज शुक्रबारबाट राजधानी बाहिर र भित्र गरी नयाँ र पुराना चार फिल्म 'धमाका', 'नयाँ नेपाल एक्सप्रेस', 'सौभाग्य' र 'यार्सागुम्बा' रिलिज भए ।
नेपाली चलचित्र बजार सानो भएपनी यहाँ १ हप्ता मा ३ देखी ५ वटा सम्म नेपाली चलचित्र रिलिज हुने गर्दछन र कुनै चल्दछन र कुनै डब्बा यानिकी फ्लप पनि हुने गर्दछन । अब प्रसँग बदलौ आज देखी प्रदर्शनमा आएको चलचित्रहरुको कुराकानी तर्फ लागौ ।
आज बाट ४ नेपाली कथानक चलचित्रहरु प्रदर्शन मा आएका छन जस्मा कुनै पहिला नै प्रदर्शन भैसकेका छन भने कुनै फ्रेस रिलिज भएका छन ।
"धमाका "
बिशुद्ध प्रेमकथामा निर्माण गरिएको भनिएको चलचित्र धमाकामा राजेश हमाल, निखिल उप्रेती, सुमन सिंह र उषा पौडेलको मुख्य भुमिका रहेको छ । दिपक परिकोटीले निर्देशन गरेको सो फिल्मलाई राजेन्द्रमान श्रेष्ठ, अर्जुन महर्जन र रबिन महर्जनले निर्माण गरेका हुन् । दिपक शर्माको संगीत, अम्युदय खनालको लेखन, रोशन श्रेष्ठको द्धन्द, दिव्यराज सुवेदीको छायाँकन तथा शिब विकको नृत्य रहेको सो फिल्ममा नबिन श्रेष्ठ, सभ्यता गिरी, हेमन्त बुढाथोकी लगायतले पनि अभिनय गरेका छन् ।
"सौभाग्य"
नेपाली चलचित्र जगतमा नाम चलेका मल्टी स्टारहरु रहेको चलचित्र "सौभाग्य" पनि आज बाट प्रदर्शन मा आएको छ ।
निर्माता केदार पराजुलीले दिएको जानकारी अनुसार राजधानीका मुख्य १२ वटा हलमा चलचित्र प्रदर्शन मा आएको छ भने १ बर्स अगाडी नै प्रदर्शन मा आएको यो चलचित्रले आफ्नो लागानी भने उठाइसकेको छ र अब प्रदर्शन बाट उठेको रकम आफ्नो नाफा हो" निर्माता केदार पराजुलीराजेश हमाल, सुमन सिंह तथा आयुष रिजालको साथमा झरना थापा र सोनिया केसीको अभिनय रहेको यस चलचित्र आज बाट प्रद्रशन मा आएको छ ।
‘यार्सागुम्बा’ राजेन्द्र केसीको निर्देशनमा बनेको ‘यार्सागुम्बा’ राजधानीका केहि हलमा आज बाट लागेको छ । अनिता रिमाल केसी, प्रबिन बुढाथोकी, गोपाल बस्नेत र शम्भु पोखरेलको निर्माणमा बनेको सो फिल्ममा गणेश उप्रेती सहित केहि नयाँ कलाकारले अभिनय गरेका छन् ।
" नयाँ नेपाल एक्स्प्रेस"
नेपाली कथानक चलचित्र " नयाँ नेपाल एक्स्प्रेस" पनि आज बाट काठ्माण्डुका अधिकांस हलहरुमा मा आएको छ । चलचित्र हिजो बिहिबार देखी मोफसल बाट काठामण्डौ भित्रेको हो । रमाइलो प्रसङ्ग त के छ भने चलचित्र को सुटिङ् पनि कृष्णजन्मास्टमी को दिन नै सुरु भय्एको र प्रदर्शन् पनि कृष्णजन्मास्टमी देखि नैउ हुदाँं चलचित्र ले सफलता पाउन सक्ने बिस्वास्स् चलचित्र " नयाँ नेपाल एक्स्प्रेस" का टिमले लियको छ । र चलचित्र भित्र पनि कृष्णजन्मास्टमी को उत्सब को दृस्य र एउटा कृष्ण भजन पनि रहेको छ ।

" नयाँ नेपाल एक्स्प्रेस" एक रातको कथामा आधारित चलचित्र हो । चलचित्र मा ६०१ नम्वरको बस बिरगन्ज बाट काठमाण्डौ आइरहेको हुन्छ बिचमा बस बिग्रन्छ बसमा १८ जना यात्रु हुन्छ यस्तै कथालाइ रमाइलो र सन्देश मुलक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रले राजनितिको खेल खेलि जनतालाइ झक्याउने नेतालाइ राम्रो झापड पनी हानेको छ र चलचित्र नया नेपाल एक्सप्रेस नारि संवेदनामा आधारित चलचित्र बनेको छ । साथै चलचित्र बाट मान्छे पद र पैसा भन्दा कर्मले ठूलो हुने कुरालाइ प्रस्तुत गरिएको छ । "नयाँ नेपाल एक्स्प्रेस" मा नया र पुराना दुवै पुस्ताका कलाकार लाइ समेट्ने प्रयास गरिएको छ । जस्तै सुस्मा कार्कि, निता ढुङ्गाना, राज तिमल्सीना, भुपेन चन्द, शर्मिला मल्ल ,मौसमि मल्ल, गणेश मुनाल, गणेश उप्रेति,सन्तोस तामङ्ग्, शिबहरि बैरागि आदि कलाकार को अभिनय रहेको छ ।
0 comments:
Post a Comment