२०६९-०४-२६
फिल्मी अपडेट
नेपाली चलचित्र बजारमा अहिले चलचित्रको प्रदर्शन पूर्व धेरैनै प्रोपोगान्डा हुने गरेका छन तर पनि एसै बिचम नेपाली चलचित्र बजार मा आफ्नै तरिका ले चलचित्र प्रदर्शन गराउने निर्माता हरु पनि छन जस्को जोलन्त उदाहरण हो ६४ बर्सिए निर्माता ,लेखक्,निर्देशक अशोक बम मल्ल । उनले १२ घण्टामा आधारित रहेर सन्देश प्रधान नेपाली कथानक चलचित्र " नयाँ नेपाल एक्स्प्रेस" निर्माण गरेका छन जुन चलचित्रको प्रोमो अहिले सबैले मनपराएकाछन ।
नेपाली कथानक चललिच "नयाँ नेपाल एक्सप्रेस" हिजो बिहिबार देखि उपत्यका बाहिरका बिभिन्न स्टेशनमा प्रर्दशन भएकोछ भने आज बाट काठमाण्डौ उपत्यका बिभिन्न हलबाट प्रर्दशन मा आएको छ । चलचित्र नया नेपाल एक्सप्रेस क्यू सिस्टमबाट चलचित्र प्रर्दशन भएको हो ।

चलचित्र "नयाँ नेपाल एक्सप्रेस" को रिलिज कृष्णजन्मास्टमी का दिन भएकॊ छ । चलचित्र का निर्माता निर्देशक अशोक बम मल्ल का अनुसार चलचित्र को छायांकन पनि कृष्णजन्मास्टमि का दिन देखि आरम्भ भएको थियो । कृष्णजन्मास्टमिमा आरम्भ भइ अन्तत २ बर्ष पछि चलचित्र दर्शक माझ पुगेको छ । निर्माता निर्देशक मल्लका अनुसार यो कुनै योजना अनुसार नभइ एउटा संयोग मात्र भएको बताएका छन
निर्माता ,लेखक ,तथा निर्देशक अशोक बम मल्ल सँग फिल्मी अपडेट ले गरेको कुराकानी मा थापाएको मुख्य कुराहरुमा चलचित्र " नयाँ नेपाल एक्स्प्रेस" एक रातको कथामा आधारित चलचित्र हो । चलचित्र मा ६०१ नम्वरको बस बिरगन्ज बाट काठमाण्डौ आइरहेको हुन्छ बिचमा बस बिग्रन्छ बसमा १८ जना यात्रु हुन्छ यस्तै कथालाइ रमाइलो र सन्देश मुलक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रले राजनितिको खेल खेलि जनतालाइ झक्याउने नेतालाइ राम्रो झापड पनी हानेको छ र चलचित्र नया नेपाल एक्सप्रेस नारि संवेदनामा आधारित चलचित्र बनेको छ । साथै चलचित्र बाट मान्छे पद र पैसा भन्दा कर्मले ठूलो हुने कुरालाइ प्रस्तुत गरिएको छ । "नयाँ नेपाल एक्स्प्रेस" मा नया र पुराना दुवै पुस्ताका कलाकार लाइ समेट्ने प्रयास गरिएको छ । जस्तै सुस्मा कार्कि, निता ढुङ्गाना, राज तिमल्सीना, भुपेन चन्द, शर्मिला मल्ल ,मौसमि मल्ल, गणेश मुनाल, गणेश उप्रेति,सन्तोस तामङ्ग्, शिबहरि बैरागि आदि कलाकार को अभिनय रहेको छ ।
0 comments:
Post a Comment