123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:30 AM
0
२०६९-०६-१५ सुक्रबार राज सुबेदी  
फ्राइडे रिलिज अन्र्तगतको शुक्रबार तीन फिल्म रिलिज भएका छन् । फिल्महरुमा फुलस्टप देशभर प्रदर्शन भएको हो भने बर्षात मोफसलमा र फिल्म नमस्ते राजधानीमा मात्र रिलिज भएको हो । नायिका रेखा थापा अभिनित फिल्म ‘वर्षात’ र विनिता वराल अभिनित फिल्म ‘फुलस्टप’  दुवै फिल्म सम्भावना बोकेका चलचित्र हुन्  ।

फुलस्टप’
चलचित्र ‘फुलस्टप’  नेपाल भरका चार दर्जन  हलहरुबाट प्रदर्शनमा आएको बताइएको  छ । कमलकृष्ण पौड्यालको निर्देशनमा मोहनकृष्ण श्रेष्ठ, बेनी ज्योती गुभाजु र गजेन्द्र रञ्जितले संयुक्त रूपमा निर्माण गरेको सस्पेन्स थ्रील उक्त फिल्ममा विनिता वराल र सविन श्रेष्ठको मुख्य भुमिका रहेको छ.  भने मोहनकृष्ण श्रेष्ठ, बेनी ज्योती गुभाजु र गजेन्द्र रञ्जितको साथमा निर्देशक कमलकृष्णको अभिनय हेर्न सकिनेछ । करिब पचास लाखको लगानीमा निर्माण गरिएको फिल्म  ‘फुलस्टप’  १६ बर्ष मुनिका दर्शकले भने हेर्न पाउने छैनन् ।



‘बर्षात्’
त्यस्तै  शुक्रबार चलचित्र ‘वर्षात’ मोफसलका हलमा  रिलिज भएको छ ।  फुलस्टपकै निर्माताद्धय शानु शाक्यको निर्देशन तथा मोहन कृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितको लागानीमा निर्माण भएको फिल्म हो  । बर्षातमा’ मा रेखा थापा र सविन श्रेष्ठको साथमा निर्मल सेन्चुरीलेको मुख्य भुमिका रहेको छ । ‘बर्षात’ मा शिवम अधिकारीको पटकथा एवम् संवाद र रोशन श्रेष्को द्धन्द्ध रहेको छ । असोज ५ गते मात्र राजधानीमा रिलिज हुने छ फिल्म  ‘वर्षात’। चालिस लाखको लगानीमा निर्माण भएको फिल्म बर्षातमा शंकर बि.सीले नृत्य निर्देशन गरेका छन् । संगीत भने शम्भूजीत बास्कोटा र अर्जुन पोखरेलले भरेका छन ।



‘नमस्ते’
र सुक्रबार  रिलिज भएको अर्को फिल्म हो  ‘नमस्ते’ । क्यू सिस्टमबाट रिलिज भएको फिल्म नमस्तेलाई बिजय बिक्रम बस्नेतले निर्देशन गरेका हुन् । काठमाडौका करिब १३ वटा पर्दामा  भएको फिल्म  ‘नमस्ते’ लाई ज्ञानकुमार चापागाइँले निर्माण गरेका हुन । कमेडी शैलीको  फिल्ममा दिलिप रायमाझी, सोनिया केसी, कल्पना शाही, राजीव हिमशिखा लगायतको अभिनय रहेको छ ।  विकास चौधरीको संगीत तथा अष्ट मर्हजनको द्धन्द्ध रहेको सिनेमा ‘नमस्ते’ ३० लाखको हाराहारीमा निर्माण भएको सिनेमा हो । ज्ञानकुमार चापागाइँले निर्माण फिल्म राजधानी बाहिर भाद्र २२ गते रिलिज हुने बताईएको छ ।

0 comments: