२०६९-०४-२८फिल्मी अपडेट
भदौ १५ को रिलिज डेट पाएको सिनेमा ‘फुलस्टप’ का नायक नायिका सविन श्रेष्ठ र विनिता बराल फुलस्टपलाई सफल बनाउन भन्दै विदेश हानिएका छन् । उनीहरु विदेश सिनेमाको रिलिजलाई रोक्न अर्थात फुलस्टप लगाउन नभई विदेशमा रहेका नेपालीलाई ‘फुलस्टप’ हेर्ने अनुरोध गर्नका लागि गएका हुन् । नायक सविन श्रेष्ठ ‘फुलस्टप’ को प्रचारका लागि मलेशिया गइसकेका छन् भने नायिका विनिता बराल यही भदौ एक गते दोहा जाने भएकी छिन् ।

विनिताले आफ्नो सिनेमा ‘फुलस्टप’ लाई त्यहाँ हुने इद धमाका नामक सांस्कृतिक कार्यक्रममा जमेर पब्लिसिटी गर्नेछिन् । पब्लिसिटी गर्नका लागि त्यहाँ विनिताले ‘फुलस्टप’ को ‘दिल जाना’ र ‘अल्लारे मायाको’ बोलको गीतमा हट हट नृत्य प्रस्तुत् गर्नेछिन् । यही हट नृत्यबाट नै उनी दर्शकहरुलाई ‘फुलस्टप’ हेर्न बाध्य तुल्याउने सुरसारमा छिन् । ‘चपली हाइट’ बाट हटनेसको पर्याय बनेकी विनिताले उसै पनि हट रहने दोहामा अझै कत्तिको तापक्रमको पारो तताउने हुन त्यो त पछि थाहा भइहाल्छ ।
0 comments:
Post a Comment