२०६९-०४-३०
फिल्मी अपडेट
चलचित्र फ्लोरमा गये देखिनै बिभिन्न तरिका ले चर्चा मा आयको नेपाली कथानक चलचित्र "विन्दास" सेन्सर वोर्डको लामो खिचातानी पछि अन्तमा एडल्ट र्सर्टिफिकेट सहित चलचित्र विन्दास सेन्सर पास भएको छ । विन्दास चलचित्रका निर्माता मधु कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सेन्सर वोर्डले आफुलाइ निकै दुख दिएको र अन्तमा लामो विवाद पछि चलचित्र सेन्सर पास भएको वताएका छन ।
२६ वटा सिन काटनको लागि दवाव दिएता पनि केही सिनहरु सामान्य सम्पादन गरिएपछि सेन्सर पास भएको हो । श्रेष्ठका अनुसार जुन सिनमा सेन्सर हुने जस्तो दखिएको तर त्यस्मा सेन्सर नभएको र जुन सिन पहिलाको चलचित्रहरुमा पनि हर्ेन पाइएको त्यस्ता सिनहरुमा भने सेनसर वोर्डले कैची चलाउन लागेकालेेे सेन्सर वोर्डको नियत खराव भएको वताए । मधु कुमार श्रेष्ठ र राजु केसीको निर्माण रहेको चलचित्रलाइ राजु गीरीले निर्देशन गरेका छन भने चलचित्रमा सुस्मा कार्की,सुसान्त कार्की आदिके मुख्य अभिनय रहेको छ । त्यस्तै चलचित्रमा अर्ुजन अधिकारीको संगीत रहेको छ । विन्दास यहि भाद्र ८ गते वाट उपत्यका भित्र र वाहिर एकै साथ पर््रदर्शन हुदैछ ।
0 comments:
Post a Comment