२०६९- ०५ ०९ फिल्मी अपडेट
शुक्रबारदेखी प्रदर्शन चलचित्र ‘विन्दास’लाई गुण सिनेमा हलले धोका दिएको छ । गुणले सम्झौता बमोजिम दुई वटा हल उपलब्ध नगराएर आफूहरुलाई धोका दिएको हाे। गुणले करिब ६ सय सिट क्षमता भएको दुई वटा हल उपलब्ध गराउने वाचा गरेको थियो तर अन्तिम समयमा आएर जम्माजम्मी दुई सय पचास सिट भएको एउटा हलमा मात्र मा ‘विन्दास’ चलायो । जसले गर्दा शनिवार फिल्म हेर्न हलसम्म पुगेका बढी दर्शकले फिल्म हेर्न पाएनन् । ‘दुई वटा हल पाउने सहमती भएपछि हामीले निकै प्रचार–प्रचार गयौं । सयौं दर्शकहरु हलमा ओइरिए’ निर्माता श्रेष्ठले भने, ‘तर एउटा हलमा मात्र फिल्म चलाएपछि धेरै दर्शकहरु फिल्म नहेरी फर्कनु भयो ।’ निर्माताले हलले यसरी धोका दिदा निकै आर्थिक नोक्सान व्यहोर्नु परेको गुनासो गरे । ‘हलबाटै यस्तो धोका पाएपछि नेपाली निर्माताको लगानी कसरी सुरक्षित हुन्छ ?’, उनको आक्रोश थियो, ‘अनुगनम गर्ने निकाय कहाँ निदाएर बसेको छ ?’ गुणबाट यस्तो धोका पाएपनि अरु हलबाट राम्रो साथ पाएको र दर्शकहरुले पनि अत्याधिक मन पराएको श्रेष्ठको भनाई छ । ‘विन्दास’का नायक समेत रहेका श्रेष्ठले आफ्नो फिल्मको नाम भजाँएर गुणले अरु पुराना फिल्म चलाउने प्रयास गरेको आरोप लगाए । ‘हाम्रो फिल्मको नाम बेचेर अरु पुराना फिल्म चलाउने दाउ रहेछ’, उनले आक्रोश पोखे । उनका अनुसार ‘विन्दास’ हेर्न हल पुगेका दर्शकहरुलाई हलका कर्मचारीले अरु फिल्मको टिकट काट्न अनुरोध गरेका थिए । यस विषयमा कुरा गर्न हलका म्यानेजरलाई दर्जनौं पटक फोन गरे पनि रिसिभ नगरेको निर्माता श्रेष्ठको आरोप छ । राजु गिरीले निर्देशन गरेको यो चलचित्रले शुक्रबार ओपेनिङ डे कलेक्सनस्वरुप १७ लाख रुपैयाँ कलेक्सन गरेको थियो । कलेज पढ्ने किशोर–किशोरीको सेक्सप्रति धारणा तथा विकृतिलाई प्रमुख विषय बनाइएको यस चलचित्रमा निर्माता श्रेष्ठसँगै अशोक फँुयाल, शुष्मा कार्की पनि मुख्य भूमिकामा देखिएका छन् । शनिबार राजधानीका अष्टनारायण, गोपीलगाएतका ठूलाहरुमा दर्शकको ओइरो लागेको िथयाे । राजधानीबाहिरबाट पनि राम्रो रिर्पोटहरु आइरहेको छ ।अर्जुन पोखरेलले संगीत भरेको ‘विन्दास’को ‘रिमझिम–रिमझिम पानी’ बोलको गीतले केही समय अघिदेखी सहर तताई रहेको छ ।
0 comments:
Post a Comment