२०६९-०५-०३
फिल्मी अपडेट
सन् २०१२ को विश्व सुन्दरी प्रतियोगिताको उपाधी आयोजक चीनकी सुन्दरीले जितेकी छिन् । विश्वभरका १ सय १५ प्रतिस्पर्धीलाई उछिन्दै चिनियाँ सुन्दरी वन्जिया युले मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।
चीनको ओर्डसमा केहीबेर अघि सम्पन्न ६२ औं विश्व सुन्दरीमा वेल्स सुन्दरी सोफिया एलिजावेथ मोउल्डस फस्ट रनर अप भइन् भने अष्ट्रेलियाली सुन्दरी जेसिका मिचेल काहावाटी सेकेन्ड रनर अप भइन् । उत्कृष्ट सातमा उनीहरुसहित जमैका, भारत, दक्षिणी सुडान र ब्राजिका सुन्दरी परेका छन् ।
तर नेपालकी सृष्टी भने उत्कृष्ट १५ भित्र पनि पर्न सफल हुन सकिनन् । बिच फेसनमा उत्कृष्ट १० मा परेपनि उनले कुनै उपाधीमा कब्जा गर्न सकिनन् । उनले कुनै उपाधी नजितेपनि बिच फेसनमा उत्कृष्ट १० मा परेर नेपाली अहिलेसम्मकी सबैभन्दा सफल नेपाली सुन्दरी भने भएकी छिन् ।
हेरौ विश्व सुन्दरी प्रतियोगिताका केही झलकहरूः


















0 comments:
Post a Comment