२०६९-०५-०१
फिल्मी अपडेट
गत केहि हप्ता अगाडी आफ्नो फेसबुक ह्याक भएर तनाब मा आएका नायक जिवन लुइटेल अहिले भने खुशी छन किन कि ह्याक भएको फेसबुक उनले फिर्ता पनि पाएका छन र नायक जिवन ले नै अहिले चलाउँदै आएका छन उक्त फेसबुक ।
फेसबुक ह्याक भएकोबेला केहि तनाब भएपनी अहिले म एक्दम फ्री भको छ्" नायक जिवन लुइटेल
अहिलेको समयमा साथीभाई, आफन्तसँग कुराकानी गर्ने सहज माध्यम बनेको फेसबुक ह्याक भएपछी जीवन निकै तनावमा आएका थिए । तनावमा नहुन् पनि किन, फेसबुक ह्याक भएपछी सात समुन्द्र पारी अष्ट्रेलियामा रहेकी आफ्नी श्रीमतीसँग समेत कुरा गर्न पाएका थिएनन भने ह्याकरले आफ्नो फेसबुकबाट आफ्ना साथीहरूलाई नराम्रा मेसेजहरू पठाएर आफ्नो इमेज खराब बनाइदिने डरका साथै आफू साइबर क्राइमको फन्दामा पर्ने तनाव पनि थिए । उनको फेसबुक ह्याक गर्ने ह्याकरले उनकी श्रीमतीलाई म्यासेज गरेर आफूले सोखको रूपमा यस्तो काम गरेको बताएका थिए । उक्त ह्याकरले कलाकारहरूको फेसबुक एकाउण्ट ह्याक गर्नु आफ्नो सोख भएको बताएका छन् ।"तर यि सबै समस्या सल्टेको छ मैले मेरो फेसबुक फिर्ता पाए यसमा नै खुशी छु म" नायक जिवन लुईटेल ले फिल्मी अपडेट सँग भने ।
0 comments:
Post a Comment