श्रवण थापा ,
सर्लाही,भाद्र ६ बुधवार
चलचित्र पत्रकार संघको पाचौँ शाखाको रुपमा गत मंसिरमा ३ मा विस्तारित सर्लाही–महोत्तरी शाखाले हिन्दुहरुको महान पर्व बडादशँैको अवसर पारेर सर्लाही र महोत्तरीका कलाकारलाई सम्मान गर्ने भएको छ । महोत्तरीको बर्दिवासमा शाखा अध्यक्ष चन्द्र राईको अध्यक्षतामा बसेको बैठ्कले यस्तो निर्णय गरेको हो । साथै यस अघि नै शाखाले घोषणा गरिसकेको चलचित्र पत्रकारीता पुरस्कार पनि सोही अवसरमा वितरण गरिने सचिव प्रदिप कार्कीले वताउनु भयो ।
यस वर्षको शाखाले प्रदान गर्ने चलचित्र पत्रकारीता पुरस्कार चलचित्र पत्रकार संघका सदस्य र रेडियो सर्लाहीका मनिष कार्की लाई दिने निर्णय गरिसकेको छ । कलाकारहरुले कलाकारीताको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो देश तथा आफु जन्मेको स्थान लाई चिनाउन सफल भएकोले सर्लाही र महोत्तरीका कलाकार लाई सम्मान गर्न लागिएको अध्यक्ष राईले वताउनु भएको छ ।
0 comments:
Post a Comment