२०६९-०४-२६
फिल्मी अपडेट्
सुनिल रावलको विरुद्धमा उजुरी दिएका छन
निर्देशक दिवाकर भट्टराई र लेखक सामिप्य तिमिल्सेनाले । यि दुबै जनाले ‘होस्टेल’ नाम रद्द गरी पाउँ भनी उजुरी दियको कुरा खुल्न आएको छ ।
लेखक र निर्देशकले चलचित्र को नाम र विषयवस्तु परिवर्तन गरी पाउँ भनी विकास वोर्डमा उजुरी दिए पनि आफुले यही नाममा नै चलचित्र बनाउने र बिसय बस्तुमा पनि परिवर्तन नगर्ने जानकारी फिल्मी अपडेट लाई दिएका छन ।
उनि थप कुरामा एसो भन्छन "-’मेरो चलचित्र को नाम ‘होस्टेल -अ कुल प्लेस टु ह्याङ आउट)’ रहनेछ र म जसरी पनि यही नाममा सिनेमा वनाएरै छोड्छु ।’ निर्माता सुनिल रावल ।
लेखक सामिप्यका अनुसार केहि साता अगाडी आफूले सुनिललाई फिल्मको नाम र कथा सुनाएका थिए । सुनिलले पनि दिवाकरलाई लिएर सो फिल्म बनाउने पनि तयारी गरेका थिए । तर अन्तिम समयमा आएर सुनिलले कथा र नाम पाएपछि दिवाकरलाई लात हानेर आफ्नो कम्पनीको नाममा फिल्म दर्ता गरेका हुन् । सामिप्य भन्छन्, 'शुरूमा हामीसँग मिलेर फिल्म बनाउने भनेर कन्सेप्ट सुनाएँ तर पछि उहाँले हाम्रो कथा सुनेर हामीलाई नै धोका दिई फिल्म बनाउने तयारी गर्नुभयो । हाम्रो चाहना यो हो की हाम्रो कन्सेप्ट र नाममा फिल्म बन्न नपाओस् ।'

यता सुनिल रावल भने आफूले बनाउन लागेको कथा दिवाकरको कन्सेप्टसँग नमिल्ने बताउँछन् । उनी भन्छन्, 'दिवाकरले मलाई कथा सुनाएको हो तर हामीले बनाउने कथा भिन्न छ ।' भोली फिल्म बनिसकेपछि हेरेर आफ्नो कथा मिलेमा दिवाकरले आफ्नो कानुनी उपचार लिन सक्ने सुनिल बताउँछन् । यस्तै सुनिलले दीपक र सबिरलाई एग्रिमेन्ट गरेर नलिएको स्विकार्दै भन्छन्, 'मलाई जस्ले राम्रो कन्सेप्ट दिन्छ उ सँग न फिल्म बनाउने हो ।' एग्रिमेण्ट गरे पनि उनीहरूको कथा मन नपरेकाले अहिले निर्देशन गर्न नदिएको सुनिलले बताए ।
एथार्थ कुरा के हो ? यो केहि दिनमा नै थाहा हुन्छ अनि हामी तपाईंलाई बास्तबिक अपडेट गराउने छौ प्रतिक्ष्या गर्नुहोस हैत ।
0 comments:
Post a Comment