123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:28 PM
0



२०६९-०५-०३
प्रणप सुबेदी


"नारयाण मैनालीको कारवाही" नारयाण मैनालीको निर्माण तथा किशोर राना मगरको निर्देशनमा नया चलचित्र "कारवाही" निर्माण भएको छ जुन चाडै नै दर्शक माझ आउदै छ। ४५ लाखको हाराहारिमा निर्माण भएको यो फ़िल्म असोजको १२ गतेबाट अधिराज्यभरका १२५ वटा हलहरुमा डिसेन लगायत क्यु बाट एकै साथ प्रदर्शनमा आउने तयारिमा रहेको छ। गत चैत्र बाट छायांकन थालिएको आफ़्नो फ़िल्म एक वर्ष भित्रै प्रदर्शनमा ल्याउन सफ़ल भएकोमा खुसि प्रकट गर्दछन निर्माता मैनाली। २० वर्ष चलचित्र क्षेत्रमा लागेका मैनालीले यसाघि "चम्पा चमेली"फ़िल्म निर्माण गरेका थिए। कथित नया धारका चलचित्र प्रदर्शन भईरहेको अवस्थामा देशभक्ति चलचित्र बनाएर किन जोखिम मोलेको भन्ने प्रश्नको जवाफ़मा मैनाली भन्दछन" अश्लिलताले मात्र फ़िल्म नचल्ने त्यसको लागि कलाको सहि पहिचानको आवश्यकता पर्दछ अनि मात्र फ़िल्म उधोगको विकास हुन्छ।"

राष्ट्रको सम्पत्तिमा उच्च अहोदाका व्यक्तिहरुले सदुपयोग या दुरुपयोग के गरेका छन ? यसै विषयमा कथा वस्तु रुमलिएको छ। सानो विषय तर गहकिलो प्रस्तुति रहेको यो फ़िल्ममा अन्य फ़िल्मको तुलनामा महनायक राजेश हमाललाई मोन्टाजको रुपमा नदेखाई फ़िल्म नै राजेश हमालको THrough OUT  मा सकिएको छ भने अन्य कलाकारहरुमा राज लामा, दिपा थापा, महिमा सिलवाल, विध्या कर्की, सुनिल थापा आदि रहेका छन। चलचित्रलाई राहुल राईले छायांकन गरेका छन भने प्रदिप श्रेष्ठ, सुनिल कुमार मगरको नृत्य र कुमार श्रेष्ठको द्वन्द रहेको छ साथै चलचित्रलाई राजेन्द्र श्रेष्ठले संगीत दिएका छन।



 

 

0 comments: