२०६९-०५-०८
प्रणप सुबेदी
सानो चलचित्र बजार मा ठुलो हमला यो घटना नौलो हैन यहाँ एस्तो खालको घाटना हरेक सात , सात दिनमा सुन्न र हेर्न पाइन्छ । सानो चलचित्र को बृत बजार र चलचित्र एकै पटक ३ देखी ४ वटा सम्म रिलिज हुन्छन आझ बिदेसी चलचित्र को कुरा गर्ने हो भने यहाँ ५ वटा सम्म चलचित्र प्रदर्शन मा आउने गर्दछन एकै पटक ।
भयो एस्ता कुरा जती गरेपनी साद्ए छैन । हामी यतिमात्र भन्छौ कि कोइ निर्माता सडक मा नाआओस र चलचित्र को बजार पनि नबिगृयोश र कुनै दिन एस्ता कुरामा समबन्धित पक्ष्य ले ध्यान दियोस हाम्रो कामना।
अब लागौ आज बाट प्रदर्शनमा आएका चलचित्रहरुको एकमुस्ट जानकारी तर्फ
"संसार आफ़्नै"
काठ्माण्डौमा लाग्नु अगावै मोफ़सलमा पुर्व देखि पश्चिम सम्मै अनुमान गरेभन्दा तिन गुणा व्यापार गर्न सफ़ल चलचित्र "ससांर आफ़्नै" आज भदौ ८ गतेबाट अरु दुई चलचित्र संगसगैं काठ्माण्डौभित्र प्रदर्शनमा आएको छ । गएको केहि साता देखी चलचित्र आएको गएको पत्तो नभएको क्रममा आफ़्नो चलचित्रलाई अरु दुई चलचित्रसंग लगाएर किन जोखिम लिनु भएको भन्ने जिज्ञासामा नायक निर्माता शाही भन्दछन " राजधानिमा आउने अरु चलचित्रको तुलनामा दुई गुणा पावोरफुल एउटा चलचित्र संग संगै त म टिकेर देखाए भने मलाई मेरो फ़िल्मको क्वालिटी प्रति विश्वास छ र थप बाहिरका दर्शकले दिएको आश्चर्यात्मक प्रतिकृया नै मेरो अत्मवल हो भन्दै शाहि भन्दछन मेरो फ़िल्ममा कलाकारको अभिनय भिन्नै छ, झरना र सुमनको साविक अभिनय देखिआएका दर्शकले उनिहरुको चाहेता स्टार हरुको अभिनयमा फ़रक स्वाद पाउने छन साथै यो फ़िल्म राम्रो संगसंगै मौलिक कथावस्तु समेटिएको र सत्य घटनामा आधारित भएर निर्माण भएको फ़िल्म हो त्यसैले मलाई पुरा विश्वास छ मोफ़सलका दर्शकले जस्तै यहा पनि सबैले यो चलचित्रलाई मनपराई दिनुहुन्छ।

"बिन्दास्"
तेस्तै सँगै आजबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो सुश्मा को बिन्दास जवानी ढलक्ने नेपाली कथानक चलचित्र "बिन्दास्" ।
मधुकुमारको साथमा राजु केसीले समेत लगानी गरेको "बिन्दास्" आज बाट देशभरका अधिकांश पर्दामा लागेको छ । फिल्ममा अशोक फुयाल र रोशनी घिमिरेको पनि मुख्य अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् । चलचित्र बिन्दास प्रदर्शन अगाडी बिभिन्न कारण ले चर्चामा आएको छ । कहिले सुश्मा को कारण र कहिले पोस्टर को कारणले । र तेस्तै चलचित्र ले आफ्नो प्रदर्शन आगाडी गरेको च्यारिटी शो बाट पाएको सफलता को कुरा गर्दा चलचित्र बिन्दासले चितवन मा गरेको च्यारिटी शो मा टिकट ब्ल्याक मा पनि बिक्री भएको र दर्शक ले चलचित्र एक्दमै मन पराएको प्रतिकृया फिल्मिअपडेट को चितवन सहयोगी राकेश तिमील्शिनाले जानकारी गराएका छन । "युवाहरूको अझ बिशेषगरी कलेज पढ्दै गरेका युवाहरूको सेक्स प्रतिको धारणा र विकृतीलाई कथानमा उतारिएको भनिएको फिल्म बिन्दासमा शुष्माले त्यहि युवा पात्रको प्रतिनिधित्व गरेकी छिन् । फिल्ममा उनलाई नवनायक शुसान्त कार्कीसँग मज्जाले रोमान्स गरेको देख्न पाईने छ भने उनका बोल्ड सिनहरू हेरेर दर्शक तातिनेछन् । वास्तवमै भन्नु पर्दा फिल्मको मुख्य आकर्षण नै शुष्मा कार्की हुन् ।" निर्माता मधुकुमार श्रेष्ठ ।

यस्तै फिल्मका निर्माता मधुकुमार श्रेष्ठले पनि फिल्ममा भल्गारिटी नभएको बताउँदै आएका छन् । उनका अनुसार फिल्मले दर्शकलाई मज्जाले मनोरञ्जन दिनेछ ।
‘फोर्स’
तेस्तै आजबाट रिलिज भएको अर्को सिनेमा हो ‘फोर्स’ । शिव गिरीको निर्माण तथा स्वामी रवीन्द्र भारतीको निर्देशनमा बनेको ‘फोर्स’ काठमाडौका सात वटा सिनेमा घर र मोफसलका प्रमुख शहरहरुमा प्रदर्शन हुदैछ । करिब एक वर्ष अगाडी नै निर्माण सम्पन्न भएको सिनेमा ‘फोर्स’ राजनीतिक, व्यापारिक, प्रहरी प्रशासन र युवा वर्गको फोर्स भएको निर्माता गिरीले दाबी गरे । सुवास सिंह बस्नेतको कथा रहेको सिनेमा ‘फोर्स’मा स्वयम् निर्माता गिरी सहित मोहित भारद्धाज, राखि ढ्यागंयाल, क्षितिजा शाक्य, ऋचा सिंह ठकुरी, सन्तोश तामाङ ,धमेन्द्र आचार्य लगायतको अभिनय रहेको छ । त्यस्तै महेश खड्काको संगीत तथा हिमाल के ।सीको द्धन्द्ध रहेको ‘फोर्स’ मा छायाँकन शम्भु सापकोटाको छ । सिनेमा फोर्सका गीतमा कोरियोग्राफी भने बब्बु थापाले गरेका छन ।

चलचित्र मोस्ट अवेटेड सिनेमा हो । यस अघी नायक तथा निर्माता सिबा गिरिले २ वटा सिनेमा निर्माण गरिसकेका छन यो उनको तेस्रो चलचित्र हो ।
फिल्मी अपडेटको तर्फाबाट तिनै वटा चलचित्रहरुलाई लाई शुभकामना किनकी हामी एती भन्न बाहेक अरु केहि गर्न सक्दैनौ ।
0 comments:
Post a Comment