२०६९-०४-२४फिल्मी अपडेट
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र "Honeymoon Night "को छयांकन अन्तिम चरणमा पुगेको छ। पोखराको रमणिय ठाउहरुमा २२दिन छायांकन गरेर चलचित्र टिम अहिले काठमान्डौं फ़र्किएको छ जसको अब चार वटा गीतहरु छायांकन गर्न बाकि रहेको छ भने उक्त गीतहरुको छायांकन काठमान्डौंमा नै गरिने भएको छ। ध्रुव विक्रम ओलिले निर्माण गरेको यो चलचित्रमा नया अनुहारलाई देख्न पाइन्छ जसमा बिनिता घिमिरे, एम बी विश्वकर्मा, सुनिता श्रेष्ठ,नरेश बिक मुख्य अभिनय रहेको छ। चलचित्रको टाइटलमा नै यसको कथावस्तु समेटिएको छ जहा दुई नव जोडि आफ़्नो हनिमुनको लागी पोखरा गएपछि कथाले नयामोड लिन पुग्छ। प्रथम जोडीको नायकले दोस्रोजोडीको नायिका जो डान्सबारमा काम गर्छे संग नाटकिय रुपले नजिकिन पुगी त्यो सबै अनिच्छित अवस्थाको सृजना भई मित्रको स्त्री माथी कुदृष्टी लगाउनाले कतिजनाको जिवन नर्क हुन पुग्छ भन्नेकुरालाई एकातिर निर्देशक सुनारले देखाउन खोजेका छन भने अर्को तर्फ़ समाजमा घटिरहेका केहि त्यस्ता अनैतिक कृयाकलापको परिणाम भयावह हुन्छ भनि सन्देश दिन खोजेको छ। चलचित्र प्रेमकाथामा आधारित छ भने यसमा एक्सन र कमेडि पनि भरपुर मात्रामा हेर्न पाइनेछ। चलचित्रमा राहुल राईको छायांकन रहेको छ।
0 comments:
Post a Comment