२०६९-०५-०१
प्रणप सुबेदी
आज शुक्रवार पनि हो र बुवा को मुख हेर्ने दिन पनि र आजैदेखि नेपाली सिनेमा बजारमा ३ नेपाली कथानका चलचित्रहरु रिलिज हुदैछन । सानो चलचित्र बजार मा हरेक साता २ , ३ वटा चलचित्र एक साथ रिलिज भइ नै रहेका छन । यो साता चलचित्र लभ इज लाइफ हेलो प्रकृति र चलचित्र तिमि बिनाको जिवन प्रर्दशन हुदैछन ।
‘लभ इज लाइफ’
एल ।एन गौतमको निर्देशन तथा चन्दा बिंडारी, कुमार बोगटी र शंकर अधिकारीको संयुक्त लगानी रहेको सिनेमा ‘लभ इज लाइफ’ पनि नेपालभरका ४३ वटा सिनेमा घरबाट प्रर्दशनमा आउदैछ । माया प्रेमलाई मुख्य विषयवस्तु बनाईएको सिनेमा ‘लभ इज लाइफ’मा आयुष रिजाल, मनिता दाहाल, स्मिता थपलिया, युनिस ढुंगाना, सुशान्त कार्की, आशा भुषाल, सुरविर पण्डित लगायतको अभिनय देख्न सकिन्छ । ‘लभ इज लाइफ’मा स्वयम निर्देशक गौतमको कथा तथा शंकर अधिकारीको संगीत रहेको छ ।

‘हेलो प्रकृती’
त्यस्तै ,प्रविण भट्टराईको निर्माण तथा सुनिल पाण्डेको निर्देशन रहेको सिनेमा ‘हेलो प्रकृती’ शुक्रबारदेखी मोफसलका पैतिस वटा सिनेमा घरहरुबाट प्रदर्शनमा आउँदैछ । टिनएज म्यूजिकल लभ स्टोरी सिनेमा बताइएको ‘हलो प्रकृति’ मा अनिल थापा, सुमिना घिमिरे, सुशिल पोखरेल, विजय देउजाले मुख्य कलाकारको रुपमा अभिनय गरेका छन ।

‘तिमी विनाको जीवन’
तेस्तै शुक्रबारदेखी नै काठमाडौका सिनेमा घरहरुमा रिलिज हुने अर्को सिनेमा हो ‘तिमी विनाको जीवन’ । राज शाक्यलको निर्देशन रहेको ‘तिमी विनाको जीवन’ मोफसलमा रिलिज भइसकेकोे सिनेमा हो । यस सिनेमामा विराज भट्ट, जेनिशा के ।सी, सुमन सिहं, सोभिता सिम्खडा लगायतको अभिनय रहेको छ ।
0 comments:
Post a Comment