
२०६९-०५-०७
राज सुबेदी
यहि भाद्र ८ गते भोलि सुक्रबार अल नेपाल रिलिज हने फिल्म “फोर्स का निर्माता तथा नायक शिव गिरि, जसले २ फिल्म फर्ज र फैसला निमार्ण गरी सकेका छन् । चलचित्रको प्रर्दसन नजिकिदै गर्दा पब्लिसिटी मा बेस्त यी लम्जुंगका कलाकार र रेडियो प्रस्तोता, फिल्मी अपडेट रिपोटर ,रगंपत्रकार राज सुबेदी संगको संवादमा ‘शिव गिरी’ सगं गरेको कुराकानीको केहि अंश ।
पब्लिसिटीमा कर्तिको ब्यस्त हुनुहुन्छ ?
*एकदमै दौडधुप नै भन्नुपर्छ । किन भन्दा सबै च्यानल स्थानिय च्यानल, दमौली ,पोखरा नारायणघाट सबैठांउमा आफै पुगे , धैरै राम्रो भैरहेको छ पब्लिसिटी ।
फिल्म “फोर्स “ कस्तो बनेको छ ?
*जुन मैले पहीला बनाए फिल्म फर्ज र फैसला ती दुई भन्दा पनि फरक धारको बनेको छ ।
फरक धार भन्नाले ,तपाईको पहीलेका २ फिल्म एक्सन प्रधान रहेको थियो, अहीले पनी फोर्सको प्रोमो र पोष्टर हेर्दा त्यो बाट टाडा नरहेको देख्न सकिन्छ ।
*एक्सन प्रधान हो तर त्यसलाई मैले केही नयापन पनी दिएको छु । किनभन्दा दर्शकले अहीले नयापन खोज्नु भएको छ ,त्यसले गर्दा एक्सन फिल्म दिने हलियुड ,बलियुड फिल्म पनि एक्सन प्रधान भएपनि नया ्ढंग वाट बनाईएका छन् । यही हिसाबले पनि मैले एक्सन मात्र हैन , त्यहा सेन्टिमेन्टल रोमान्स ग्लामर देखी सम्पुर्ण चिज यसमा पाईन्छ ।
फरक धार त भन्छन प्राय , तर स्टोरी त्यहीनै हुन्छ । किन ?
*नया कथा भनेर कुनै पनि आउदैन , कथा नया भनेर हुदैन पुरानो लाई नया परिबेशमा ल्याउने मात्रै हो । पहीलेका जिजु ,बाजेको पालामा पनि दाज भाई , दिदी बहिनी छोरा छोरीको सम्बन्ध त्यही नै हो । अहिलेको अवस्थामा पनि सम्बन्ध त्यही हो तर पहीलेको फिल्ममा छुटै ड्रेसप लगाउने थिए भने अहिलेको ड्रेसप छुटै छ ।
फिल्म “फोर्स “मा तपाईको रोल कस्तो छ ?
*म एउटा बिजनेस म्यान हुन्छु । जुन अहिलेको देशमा बिजनेस म्यानमा घटेको घटना र पोलिटीक्स फोर्स , पलिस फोर्स र बिजनेस फोर्स यो तीन ओटा फोर्सको फिल्म हो फोर्स र बिजनेस फोर्सलाई कसरी सबैले असर पार्छ भन्ने कथाबस्तु छ । अनी दाज बहिनीको आमा छोराको बिचमा द्रन्द्र हुदा त्यो छोरा कुन अवस्थामा पुग्छ लगायत प्रेममा हने उतार चडाब सम्पुर्ण चिज यसमा समाबेश छ ।
तपाईले बनाएको सबै फिल्म –फ बाट नै आउछ, अब आउने फिल्म पनि –फ बाट शरु हनुका कारण ? त्यो पनि एक्सन प्रधान , किन अरु रोल आउदैन शिब गिरीलाई ?
*त्यस्तो हैन । अरु रोल पनि गर्छु मैले , अन्य २ फिल्म दर्ता भैसकेको छ । शिब गिरीले सधै एक्सन, फाईट गरेर नै फिल्म निर्माण गर्छ भन्ने हिसाबले मैले अर्को एउटा फिल्म दर्ता गर्ने तयारी गरेको छु कि त्यसमा कुनै एक्सन, फाईट देख्न पाउन हुन्न दर्शकले ।
शिब गिरी सिने क्षेत्रमा कसरी ?
*पहीला सबैलाई थाहा भएकै कुरा हो , पहीला सबैले लोक गायक भनेर चिन्नहुन्थ्यो । सेती मादी धमिलो पानि, खोली तरेको, नरोउ माया डिलमा बसेर ,देउरालि डाडा जस्ता ४ ओटा सफल एल्बम बजारमा ल्याईसके पछी त्यसमा अभिनय पनि गरेको थिए । सिने क्षेत्रमा प्रगति र नाम कमाउनका लागि भनेर यो क्षेत्रमा आइपुगे ।
निमार्ता र नायकमा के कस्तो फरक पाउन हुन्छ ?*निमार्ता , नायक कथाकार संगीतकार सबै गरेको छु । आ-आफनो ठाउमा काम हुन्छ , काम छुंटा छुटै भएका कारणले गर्दा कार्य फरक हुन्छ । टाईम म्यानेज गर्न सक्नु पर्याै ,यस फिल्ममा २ ओटा संगीत मेरै छ ।
फिल्म बनाउन सजिलो की चलाउन ? यस क्षेत्रमा के कति चुनौतीको सामना गर्नु भयो ।
*फिल्म बनाउन भन्दा नी चलाउन गाह्रो छ । कुनै फिल्ममा खर्च बढी भएमा उढाउन सकीने अवश्था छैन् । शुटीग समयमा नसकी लम्बियमा निके चुनौती खेप्नुपर्छ ।
फिल्म एक आपसमा भिडेको जुन अहीलेको अवस्था छ ,यस्तो परिस्थितीमा फिल्म चल्छ त ?
*फिल्म जुध्न राम्रो होइन ,जुज्दै जुज्दैन सिगंल लगाउने भन्ने कुनै कम्पनी, विकाश बोड, चलचित्र संघ न हल ब्यावसायी संघले भन्न सक्दैन्न् । फिल्म जुध्दा मलाई मात्र असर गदैन , फोर्स सबैले हेर्न मिल्ने भएको कारणले म ढुक्क छु ।
अहीले फोर्समा तपाईको बोडी(शरिर) लाई लिएर बिभिन्न टिका-टिप्पडी भैरहेको छ । दर्शक छायांमा छन् प्रष्ट पार्दिनुहोस न ?
*दर्शकले youtube र TV मा हेर्नुभएको छ । धेरैले भनेकै कारण TV, NET मा रियल पर्दशन पनि गरेको छु । मेरो बोडि ओर्जिनल हो, जुन मैले १२ बर्ष देखी गरेको तालिम लगायत म एउटा मार्सल आर्ट, करातेको ब्यांक बेल्ट भएको कारण अन्य खेलाडी बुरुसुली , ज्याकी च्यान को बोडी हेनुहोस त्यो संग दाज्नहोस कुनै फरक पाउन हुन्न । जिम गरेर भोलम बढाएको शरीर होइन् मेरो त्यसैले छुटै छ ।
अन्तमा दर्सक लाईृ के भन्न चाहनु हुन्छ ?
*धैरे फिल्म जुधेर आइराखेको छ, राम्रो फिल्म हेर्नुहोस फिल्मलाई माया गर्नुहोस ,फेरी अर्को फिल्म निर्माण गर्ने हौसला दिनुहोस भन्न चाहन्छु ।
0 comments:
Post a Comment