123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:45 PM
0
०६९-०५-११  राज सुबेदी
आज फिल्म 'फुलस्टप' को अडियो विमोचन कार्यक्रम बानेश्वर मा प्रेस मीट को आयोजना गरि सम्पन्न भएको छ  ।  राज्धानी को नया बानेस्वर  स्थित रोज मेरो क्याफे मा प्रेस मिट संगै  फिल्म 'फुलस्टप' को अडियो विमोचन आयोजन  समारोह विच उक्त फिल्मको अडियो विमोचन गरियो । संचारकर्मी प्रणाप सुबेदी ले दिएको जानकारी अनुसार :- केहि सञ्चारकर्मीको उपस्थितीमा सभापति चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरी , प्रमुख अतिथि  निर्देशक शोभित बस्नेत, सहित 'फुलस्टप' का कलाकार सबिन श्रेष्ठ, बिनिता बराल, निर्देशक कमलकृष्ण, निर्माता मोहनकृष्ण श्रेष्ठ र बेनीज्योती गुभाजु को उपशिती थियो । निर्देशक कमलकृष्णले फिल्मलाई राम्रो बनाउन भरपुर कोसिश गरेको  बताए ।  बिनिता र सबिनले  फिल्म राम्रो बनेको बताए । फिल्मका निर्देशक कमलकृष्ण संगीतकार हुन्, जसमा  स्वर राकेश खालिङ र मनिषा पोखरेलको  छ ।  दुई वटा मात्र गीत भएको उत अडियो सिडीमा कमलकृष्ण र खुसी पौडेलले शब्द भरेका छन्  । शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको सो फिल्मका गीत लामो समय देखि मिडियामा बजेका पनि छन् । सस्पेन्स थ्रील फिल्मलाई सेन्सर बोर्डबाट  एडल्ट सर्टिफिकेट दिएकाे  छ  । साथै नेपालकै सबैभन्दा राम्रो सस्पेन्स थ्रिल फिल्मको उपमा दिएको चलचित्र पनि हो । चपली गर्ल बिनिता बराल र सविन श्रेष्ठको रोमान्सलाई १६ बर्ष मुनिका दर्शकले हेर्न पाउने छैनन्  ।

0 comments: