२०६९-०५-०७
प्रणप सुबेदि
बलिउडमा अहिले निकै चर्चित नायक रणवीर कपुर आफ्नो क्यासानोभा चरित्रका कारण पनि बेलाबेला चर्चामा आउने गरेका छन् । कहिले सोनम, कहिले दिपिका पाडुकोन त कहिले नर्गिस फर्खीजस्ता नायिकाहरुसँग नाम जोडिने गरेको छ रणवीरको । अहिले फेरि दिल्लीको एक होटलमा मध्यरात अपरिचित केटीसँग किस गरेर बसिरहेको भेटिएका छन् ।
दिल्लीको एक फाइभस्टार होटलको प्यासेजमा रणवीरलाई अपरिचित केटीसँग किस गरिरहेको अवस्थामा देखिएको दाबी गरिएको छ । समाचारका अनुसार उक्त होटलमा मध्यरात उज्यालो कम गरिएको थियो र रणवीर अपरिचित केटीलाई किस गर्नमा मस्त थिए । उक्त केटी को हुने भन्ने विषयमा यकिन कुरा बाहिर नआएपनि फिल्मक्षेत्रको भने नभएको दाबी गरिएको छ । तथापी केटीका बाबु चर्चित व्यवसायी भएको पनि दाबी गरिएको छ ।
रणवीरले खेलेका अहिलेसम्ममा सबै फिल्ममा आफ्ना कोस्टारलाई किस गरेका छन् ।

0 comments:
Post a Comment