

२०६९-०६-१४
प्रणप सुबेदी
सिनेकर्मी सन्नी बी के ।सी ।ले निर्माण गरेको चलचित्र ‘गोर्खा रक्षक’ ले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निमा भएको एक्सन अन फिल्म फेस्टिवलमा अवार्ड पाउन सफल भएको छ । ‘गोर्खा रक्षक’ ले फेस्टिवलमा अनौपचारिक विधामा उत्कृष्ट अवार्ड पाउन सफल भएको हो ।
यसअघि पनि ‘गोर्खा रक्षक’ ले गत फागुनमा अमेरिका मै भएको अमेरिकी एक्सन फिल्म महोत्सवमा ‘आउटस्ट्याण्डिङ’ अवार्ड पाएको थियो ।
नेपालमा एक वर्ष अघि नै प्रदर्शन भइसकेको ‘गोर्खा रक्षक’मा सन्नी बी बाहेक रेखा थापा, शिव श्रेष्ठ, सम्राट सापकोटा लगायतले अभिनय गरेका छन् । चलचित्रमा आकाश अधिकारीको निर्देशन रहेको छ । निर्माता सन्नी बी विगत १५ वर्ष देखि अमेरिकामा बसोबास गरिरहेका नेपाली हुन् । उनी त्यहाँ अमेरिकी नागरिकलाई मार्शल आर्टको शिक्षा दिने गर्दछन् ।
0 comments:
Post a Comment