फिल्मी अपडेट काठ्माण्डौ
मनिषा कोइरालाले आज आफ्नो जन्मदिन मनाउँदै छिन्, तर जन्मदिनको रमाइलो भन्दा पनि मनिषालाई भने नयाँ जीवनसाथीको चटारो रहेको बताइन्छ ।
सम्राट उपाध्यायसँग सम्वन्ध तोडेर मुम्वइ हानिएकी मनिषा आजभोली बलिउडमा करियरसँगै मन मिल्ने साथीको खोजीमा व्यस्त भएको स्रोतले बताएको छ ।
सन १९७० मा काठमाडौमा जन्मिएकी मनिषा कोइरालाले बलिउडमा आफ्नो शान्दार फिल्मी करियर बनाएकी थिइन् तर पछिल्ला समयमा भने उनी चल्ने सकेकी थिइन् ।
सम्राट उपाध्ययसँग विवाह गरेपछि उनको जीवन थप समस्याग्रस्त बनेको थियो । त्यही दौरान उनी मुम्वईमा रक्सीले मात्तिएर अचेत अवस्थामा सार्वजनिक समेत भएकी थिइन् ।
केही वर्ष यता निकै तनावमा जीवन बिताएकी मनिषा नयाँ वर्षमा प्रवेश नयाँ जीवन जिउँन चाहन्छिन् । त्यसको लागि उनलाई उनको मन बुझ्ने ह्यान्डसम केटा भने नभई भएको छैन् ।

0 comments:
Post a Comment