123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:16 PM
0


२०६९-०४-१७
प्रणप सुबेदी



आगामी शुक्रबारदेखि देशभर 'सूर्य-चन्द्र' एकसाथ उदाउने भएको छ, फिल्महलमा । दीपक श्रेष्ठ निर्देशित उक्त फिल्ममा विराज भट्ट, सुवास मेचे, युना उप्रेती, मिथिला शर्मा, शोभाश्री श्रेष्ठ, अर्जुन श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।

दुई दाजुभाइको कथामा बगेको उक्त फिल्मलाई राष्ट्रियताको रंग दिन खोजिएको बताइएको छ । पटकथा मौनता श्रेष्ठले लेखेको फिल्मलाई मुरारी पोखरेलले लगानी गरेका हुन् । ताराप्रकाश लिम्बूको संगीत रहेको 'चन्द्र-सूर्य' मा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मका बारेमा जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा फिल्मका निर्देशकदेखि प्रमुख कलाकार नै अनुपस्थित रहे ।

प्रेमकथामा आधारित भन्ने शीर्षकबाटै खुल्ने 'लभ इज लाइफ' को पनि भदौ १ देखि देशभरबाट रिलिज हुने भएको छ । एल एन गौतमको निर्देशन रहेको फिल्मको गीत, पटकथा र संवाद भने शंकर अधिकारी 'घायल' ले गरेका हुन् ।

आयुष रिजाल, सुशान्त कार्की, आशा भुसाल, उमेश खड्का, स्मिता थपलिया, मोहन श्रेष्ठ, सुरवीर पण्डित लगायतको अभिनय रहेको फिल्मको छायांकन दिव्यराज सुवेदी र संगीत बसन्त सापकोटाले गरेका हुन् । कविराज गहतराज र शिव शर्माको कोरियोग्राफी रहेको  छ ।




0 comments: