२०६९- ०५ -१०
समग्र नेपाली चलचित्र उद्योगको बेइज्जत हुने गरी निर्माण गरिएको चलचित्र एटीएम यतिबेला जनस्तरबाट मात्र बहिष्कारमा परेको छैन कि सरकारीस्तरबाट पनि यो चलचित्र सेन्सरमा पर्न पुग्यो। समाजमा टाउको नै लुकाएर हिँड्नुपर्ने अवस्था आउँदासम्म पनि यो चलचित्रलाई रिलिज गर्छु भनेर गफ दिँदै हिँड्ने यसका निर्माता दिनेश थापा र निर्देशक यादव सिलवालको सिनेमा रिलिज गर्ने दाउ तुहिन पुग्यो। करिब दुई घन्टा समय खिचिएको एटीएममा यति भद्दा, खराब, घृणित र अश्लील दृश्यहरू थिए कि सेन्सर गर्दा सञ्चार मन्त्रालयले त्यस्ता दृश्यहरू हटाउन निर्देशन दिँदा दुई घन्टाको एटीएम जम्माजन्मी बीस िमनेटमा झरेको थियो। चलचित्र सेन्सर बोर्डका सदस्यहरूले त एटीएमका निर्माता–निर्देशकलाई यसो पनि भनिदिए, 'अब यो चलचित्र सिनेमाहलमा होइन कि सर्ट फिल्म महोत्सवमा लगे हुन्छ।' यो शब्दले एकछिन माहौल नै हाँसोमय भएको थियो।

यस्तो फिल्म बनाएर लाखौँ कमाउने निर्माता दिनेश थापाको सपनामा तुषारापात मात्र भएको छैन कि झापाकी जानकी अर्थात् जिया केसीको क्यारियर पनि बिग्रन पुगेको छ।
एटीएमबाट बद्नाम भएकै कारण जियाले अभिनय गरेका अन्य चलचित्रका निर्माताहरू पनि चलचित्र रिलिज गर्न सकिरहेका छैनन्। निर्माता निर्मल सेन्चुरी र निर्देशक दीपक श्रेष्ठले जियालाई पब्लिसिटीबाट हटाएका छन् भने स्टिकर, पोस्टर वा सिनेमाको क्लिपमा जियाको कुनै पनि दृश्य नराख्ने निर्णयमा पुगेका छन् उनीहरू।
उता एटीएमकै अर्की अनुहार सोनिया शर्माको फिल्मी क्यारियर पनि फुल्न नपाउँदै ओइलाउन पुगेको छ। उनमा त दृश्य मात्र होइन मिडियामा अन्तर्वार्ता दिँदा पनि भल्गर बोल्दा हिट भइन्छ भन्ने भ्रम छ। यस्तो भ्रमबाट मुक्त हुन उनलाई सुझाव छ। नायिकाहरूको अभाव भइरहेको समयमा केही यस्ता नयाँहरूको आगमनले राम्रो सम्भावना बढाएको अवस्थामा यिनीहरूको गलत सोच अनि उपस्थितिले गर्दा नयाँप्रति विश्वास नै हुन छोडेको छ।

0 comments:
Post a Comment