२०६९-०५-०८
प्रणप सुबेदि
नायक राजेश हमालले बिहिबार आयोजित एक कार्यक्रममा सम्भावना हुँदाहुँदै पनि नेपालको विकास गर्न राजनीतिक दलका नेता असफल भएको भन्दै उनीहरु प्रति आक्रोस पोखेका छन् ।
झण्डै दश मिनेट लामो मन्तव्यमा हमालले राजनितिक नेताहरुलाइ जे जसरी भए पनि उपलब्धिहरु पाईरहेको तर भुईको उपलब्धि टिप्ने बहानामा पोल्टोको उपलब्धि खसाईरहेको आरोप लगाए । सम्बृद्ध नेपाल अभियानको एक कार्यक्रममा अतिथि बनेर पुगेका हमालले राजनीतिले नतिजा खोज्ने र जुन नतिजा दिन आफुले दिन नसक्ने भएकोले केही समयका लागि आफ्नै पेशा ठिक रहेको बताए । यसअघि हमाल राजनितिमा आउने चर्चा चलेको थियो ।
0 comments:
Post a Comment