123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:36 PM
0
 २०६९-०४-३२
फिल्मी अपडेट



निर्देशक मनिष पन्थ नया चलचित्रको निर्देशनमा जुटेका छन् । यसअघि जिन्दगानी दर्पणछाया र हाम्रो चेली निर्देशन गरीसकेका मनिषले डिभोर्स नामक सिनेमा वनाउन लागेका हुन् । चलचित्रको नाम आज चलचित्र विकास वोर्डमा दर्ता गरीएको छ ।
चलचित्र डिभोर्समा किशोर श्रेष्ठ र महिमा सिलवाल मुख्य भुमिकामा देखिने छन् । किशोरले यसअघि चलचित्र रावण र नाईट कुईनमा अभिनय गरीसकेका छन् । चलचित्रमा यि दुईको अलवा अभास अग्रहरी र बिना थापाको पनि अभिनय रहने पक्का भएको छ । श्री नगर फिल्मस्को व्यानरमा तयार हुन लागेको यो चलचित्रको बारेमा थप जानकारी पत्रकार सम्मेलनमार्फत दिने वताईएको छ । चलचित्रमा कृष्ण भण्डारी र रेवन्त भण्डारीको संगीत रहनेछ ।
मनिषले निर्देशन गरेको चलचित्र हाम्रो चेली प्रदर्शनको क्रममा रहेको छ । यो चलचित्रमा चेलीबेटी वेचविखनमा देखिएका समस्या तथा समाधानका विषयलाई मुख्य रुपमा उठान गरीएको छ । मनिषले निर्देशन गरेको अर्को चलचित्र जिन्दगानी दर्पणछाया रिलीज भईसकेको छ । सिनेमाले सामान्य व्यापार गरेको थियो ।  


चलचित्र "डिभोर्स्" को लागी अनुबन्धित भएका नायक किशोर श्रेष्ठ






चलचित्र "डिभोर्स्" को लागी अनुबन्धित भएकी  नायिका महिमा  सिलवाल


0 comments: