123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:47 PM
0

२०६९-१२-०४
फिल्मी अपडेट ,काठ्माण्डौ


जेठको पहिलो साता बाट प्रदर्शन हुने भो चलचित्र "अन्तराल" 
जीवनसाथी फिल्म्स को  पहिलो प्रस्तुती चलचित्र ’अन्तराल’ जेठको पहिलो सातादेखि प्रर्दशनमा आउने भएको छ । युवा वर्गलाइ लक्ष्यित गरि निर्माण गरिएको सामाजिक कथावस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र अन्तरालको निर्देशन तेश्रो महिला निर्देशक दिपा बस्नेतले गर्नु भएको हो । चलचित्रमा हरेक मानिसको जिवनमा केहि न केहि गरौं भत्रे लक्ष्यलाइ पुरा गर्नको लागि नेपालका भिन्दा भिन्दै ठाउँबाट आएका चारजना युवाहरुको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्र अन्तरालले समयको अन्तरालसँगै उनीहरुको लक्ष्य कतिसम्म र कसरी पुरा भयो भत्रे कथालाई बुनेको छ । चलचित्रमा रुवी राणा, अमितेश शाह, राजकुमार पुडासैनी, कमलमणी नेपाल, घनुभाइ जोशी, लोकेन्द्र लेखक, मानव सुवेदी, उज्जवल शर्मा भण्डारी, नवराज खड्का, नम्रता सापकोटा, असिस्मा नकर्मी, जेसिका बोगटी लगायतको अभिनय रहेको छ । वि.वि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेको लगानीमा निर्माण भएको चलचित्र अन्तरालको कथा ÷पटकथा र संवाद अभिमन्यू निरवीले लेख्नु भएको हो । शशि बिक्रम थापाको संगित रहेको यस चलचित्रको छाँयाकन शिवराम श्रेष्ठले गर्नु भएको हो ।







0 comments: