123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:05 AM
0
२०६९-१२-०५
फिल्मी अपडेट्,काठ्माण्डौ


माहानायक राजेश हामालको बिहेको साईत जुर्यो 
नेपाली चलचित्र नगरीको एक मात्र महानायक  हुन् नायक राजेश हामल र यिनी अभिबाहित  हुन यो कुरा सबैलाई थाहा नै छ यद्दपि अब भने यिनी बिभाहित हुने भएका छन् यानिकि यिनी बिबाह गर्दै छन् ।
माहानायक हमालले बि श २०७० सालको सुरूवातमा नै विबाह गर्ने भएका छन् । भर्खरै मात्र सात वर्ष लामो प्रेम सम्बन्ध रहेकी उनकी प्रेमीका सञ्चारमाध्यम देखापरेको अवस्थामा उनी २०७० सालको सम्भवत पहिलो महिनामा नै विबाह गर्ने सुरमा छन् ।

करिब ७ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहको रूप दिन राजेश हमाल तथा उनकी प्रेमीका मधु भट्टराई पनि तयार रहेको हमाल निकट स्रोतले जनाएको छ । झण्डै ५० को हाराहारीमा पुगेका राजेश र ३० पनि ननाघेकी मधु भट्टराईबीचको प्रेम सम्बन्धले विबाह रूप लिने भएपछी राजेशकी प्रेमीका मधुको गृह नगर विराटनगर त तातेको छ नै चलचित्र क्षेत्र पनि उत्तिकै गरमागरम भएको छ ।

सन् २००४ मा 'लक्स ब्युटी स्टार'मा भाग लिएकी मधुको भेट राजेशसँग सोही कार्यक्रममा भएको थियो । सानैदेखी राजेश हमालको फ्यान रहेकी मधुले राजेशलाई नै पहिले प्रेम प्रस्ताव राखेको बताइएको छ । मधुले राखेको प्रेम प्रस्तावलाई राजेश हमालले भने केहि महिनापछी मात्र स्विकार गरेका थिए । 'म चाडै विबाह गर्दैछु' भनेर अन्तरवार्ताका क्रममा भन्दै हिड्ने गरेका उनको विबाहको साइत भने बल्ल जुरेको छ ।

हमाल निकट स्रोतका अनुसार हमालले ज्योतिषीको भनाई अनुसार २०७० सालमा नै बिवाह गर्ने तयारी गरेका हुन् । ज्योतिषीले उनलाई २०७० साल अगाडि विबाह नगर्न भनेका कारण उनी अहिलेसम्म विबाह नगरी बसेको बताइन्छ । राजेश हमालको लगनगाँठो मधुसँग कहिले जुर्छ या जुराईन्छ त्यो भने चर्चा तथा प्रतिक्षाको विषय बनेको छ ।

0 comments: