123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:39 PM
0
२०६९-१२-०१
प्रणप सुबेदी ,काठ्माण्डौ 

चलचित्र नचले पनि चल्छ कलाकार / जिवन र निशाले फेरी उचाले अवार्ड 
फिल्मीखबर साप्ताहिक पत्रिकाले आज राजधानीमा आफ्नो पत्रिकाको चौथो वर्ष प्रवेशको अबशरमा राजधानीमा एक कार्यक्रम गरि यस वर्ष को वर्ष हिरो र वर्ष हिरोईन लाई सम्मान गरेको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु), चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरी, डिजिटल सिनेमा नेपालका प्रबन्ध निर्देशक अशोक शर्मा लगायतकाको उपस्थिति रहेको कार्यक्रमामा सबैले सम्मानित नायक एबम नायिकालाई बधाई दिएका थिए ।


सम्मान स्वोरुप बर्षको हिरोईनको सम्मान नायिका निशा अधिकारीले पाईन भने वर्ष हिरोको सम्मान नायक जीवन लुईटेलको पोल्टामा पर्यो ।
विभिन्न संचार माध्यममा चलचित्र बिट मा काम गर्दै आएका संचारकर्मिहरुसंग गरिएको सर्वेक्षण अनुरुप नायक जीवन लुइटेल र नायिका  निशा अधिकारि लाई बर्ष हिरो हिरोईन अवार्ड प्रदान गरेको कुरा कार्यक्रममा प्रकास पारिएको थियो ।
हामीले प्राप्त गरेको जानकारी अनुसार नायकले सर्वेक्षणबाट ५८ दशमलव १७ प्रतिशत  र नायिकाले ७२ दशमलव २ प्रतिशत प्राप्त गरी यस बर्षको सर्वोत्कृष्ट हिरो हिरोईनको सम्मान र अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका
थिए ।


' हामीले यो सम्मान र अवार्ड पायोउ हामि खुशी छौ र भाबि दिनमा हामि अझ राम्रो गरि दर्शकहरुको मन जित्ने छौ ' समानित हुदै नायिका निशा अधिकारीले फिल्मी अपडेट संग भनिन  ।
कार्यक्रमामा उपस्थित सबैले तेश्रो वर्ष पार गर्दै चौथो वर्षमा प्रवेश गरेको फिल्मीखबर साप्ताहिक  पत्रिका का परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


0 comments: