123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:29 AM
0

२०६९-१२-०५
प्रणप सुबेदी  ,काठ्माण्डौ

बल्ल आयो बुद्धी / चलचित्र हलहरुको अबस्थामा कर्मिक सुधार

नेपालि चलचित्रहरु नराम्रा हैनन् यहाँ चलचित्र चलन्ने घरहरुको अबस्थाको कारण नेपालि चलचित्र नचलेको भनेर  सजिलै भन्न सकिन्छ . उधाहरणको लागि चलचित्र छड्के"  यो चलचित्रले मल्टिप्लेक्स हलहरुमा एकदमै  राम्रो  ब्यापार गरेको थियो तर अन्य हलहरुमा भने सन्तोष जनक व्यापारमा नै सिमित रहेको थियो  ।
पछिल्लो समय बिकाश बोर्ड र चलचित्र संग समबन्धित अन्य निकायहरुले चलचित्र प्रदर्शन हुने {हल} चलचित्र घरको अबस्था रार्मो हुनु पर्छ भन्दै आएको बेला देश भरका धेरै चलचित्र घरहरुले आफ्नो अबस्थामा सुधार ल्याएका छन  ।

बिराटनगरकै पुरानो हल हिमालयन टाकिज पनि थप पूर्वाधार संगै संचालनमा आएको छ भने महोत्तरीको बर्दिवास स्थित जानकी चलचित्र मन्दीर पनि अब सुबिधा समपन्न भएर दर्शकको लागि खुल्ला गरिने भएको छ ।
झण्डै तिस वर्ष पुरानो जानकी चलचित्र मन्दीरको अब भौतिक पूर्वाधार सुधार सहित सुविधा सम्पन्न बनाउने भएको छ । अहिले जानकी  चलचित्र मन्दिर बन्द छ र धमाधम तेस्को मर्मत कार्य भईरहेको जानकारी फिल्मी अपडेटालाई प्राप्त भएको छ ।

जानकी चलचित्र मन्दीरमा अब भने शौचालय देखि सर्भर सम्म परिवर्तनहुने हल संचालकले बताएका छन् ।  संचालक सन्तोष श्रेष्ठका अनुसार हलमा एसी जडान गरिने छ ।  सिटहरु सवै परिवर्तन गरेर सुविधायुक्त सिट राखीने छ र सुविधा युक्त शौचालय बनाइने छ । साथै जानकी मन्दिर अब डिजिटल प्रविधीवाट चलचित्र प्रदर्शन गरिने भएको छ  ।

तेस्तै राजधानी को कान्तिपुर हल पनि बेबस्थित तरिकाले संचालनमा आएको छ । बालाजुको गङ्गा चलचित्र मन्दिर पनि नयाँ  पूर्वाधार सहित संचालनमा आएको छ भने अन्य केहि सिनेमा घर मर्मतको क्रममा रहेका छन् ।

यसरि नेपालका चलचित्र घरहरु को अबस्थामा सुधार आउने हो भने आशा छ पक्कै पनि नेपालि चलचित्रको बजार पनि फराकिलो बन्ने छ भनेर।  नेपालको  राजधानीमा अझ पनि तेस्ता धेर चलचित्र घर छन् जो चलचित्र घर भन्दा पनि सवारी साधन राखेने ग्यारेज , समान राख्ने गोदाम र दलाली गिरि गर्ने अड्डा बनेको छ । जे होस् अब भने चलचित्र घरहरुको अबस्थामा सुधार आउने भो यसैमा नेपालि दर्शकहरु खुशी छन् हामि खुसिछौ।


0 comments: