123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:49 PM
0
२०६९-१२-१५
प्रणप सुबेदी, काठ्माण्डौ

"चलचित्र "कर्कश" जमलको चिया पशलबाट सुरु भएको थियो बनाउने बिचार" 
आगामी  जेष्ठ ३१ मा प्रदर्शनको मिति राखेको नेपाली कथानक चलचित्र "कर्कश" ले आज आफ्नो अनुहार सार्बजानिक गर्‍यो । राजधानीको  कुमारी हलमा चलचित्रको फर्स्ट लुक सर्बजानिक गरिएको थियो । कार्यक्रममा चलचित्रको प्रोमो र पोष्टरहरु सार्बजानिक गरिएको थियो  भने चलचित्रका डेब्यु निर्देशक असिफ साहले चलचित्र  "कर्कश"  बनाउने सोच जमलको चिया पशलबाट सुरु भएको बताए भने कथा  पनि सुनाय । "कर्कस संगीत क्षेत्र भित्रको कथा हो" उनले भने । चलचित्र जि.टू.वान प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।

"खासमा कर्कस भनेको ठेट अर्थमा झर्को बुझिन्छ ,तर हाम्रो चलचित्र हेरेर दर्शकहरुले झर्को हैन मनोरन्जन पौउँनेछन" डेब्यु कलाकार सुरज सिंह ठकुरीले भने ।

प्रदर्शन मिति सम्म करीब ४५ लाख को खर्च नाग्ने बताउछन चलचित्रका निर्देशक असिफ साह " हाम्रो यो चलचित्र एउटा म्यूजिकल ब्याण्डको कथा बोकेको चलचित्र हो" उनले भने ।
प्रोमो हेर्नको लागी याँहा क्लिक गर्नुहोला ।
यस चलचित्रमा ठुलो पर्दामा भिजे सुरज सिंह ठकुरीले लिड रोलमा डेब्यु गर्दैछन भने उनलाई पर्दामा अन्य लिड एक्टरहरु सत्यराज आचार्य, रेमनदास श्रेष्ठ , दयाहाङ राई र राजेन्द्र खड्गीले साथ दिएका छन । साथै चलचित्र  "कर्कश"मा  दोन्द निर्देशक  राजेन्द्र खड्गीको छोरी रागिनीको साथमा हर्षिका श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

0 comments: